फेरी ह्वात्तै घट्यो सुनको मूल्य

२०७५ मंसिर २८, शुक्रबार १२:४६ गते २०७५ मंसिर २८, शुक्रबार १२:४६ गते २०७५ मंसिर २८, शुक्रबार १२:४६ गते

नेपाली बजारमा बिहीवार सुनको मूल्य घटेको छ । बुधवारको तुलनामा बिहीवार सुनको मूल्य ३ सयले घटेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासंघको भनाइ छ । महासंघका अनुसार तेजावी सुन ४ सय रुपैयाँले घटेर बिहीवार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला ७ सय ३० मा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढी ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।-अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *