विमानमा मान्छेको मुटु भेटिएपछि…

२०७५ मंसिर २८, शुक्रबार १३:०३ गते २०७५ मंसिर २८, शुक्रबार १३:०३ गते २०७५ मंसिर २८, शुक्रबार १३:०३ गते

काठमाडौं — अमेरिकाको सियाटलबाट डाल्लास गइरहेको एक यात्रुवाहक विमानमा मानिसको मुटु भेटिएपछि उडानकै क्रममा सियाटल फर्काइएको छ ।

साउथवेस्ट एयरलाइन्सको विमानमा उक्त मुटु क्यालिफोर्नियाबाट सियाटल ल्याएको एयरलाइन्सले जानकारी दियो । क्यालिफोर्नियामा उक्त मुटुको भल्भ पछि प्रयोग गर्न मिल्ने गरी एउटा अस्पतालमा प्रोसेस गरेर राखिएको थियो ।

तर त्यसलाई कहिले पनि अनलोड गरिएन र विमान डाल्लास पुग्नका लागि आधाआधी बाटोमा पुग्दासम्म त्यसको अनुपस्थितिको जानकारी पाइएन ।  त्यो मुटु कुनै विशेष बिरामीका लागि राखिएको थिएन ।

आइतवार भएको यो घटनाका बारेमा बिहीवार मात्र सञ्चारमाध्यममा खबर आएका थिए । यात्रुहरूलाई क्याप्टेनले मुटुका बारेमा अनि किन विमान फर्काइएको हो भन्ने बारेमा बताउँदा उनीहरू स्तब्ध भएका थिए ।

केही यात्रुले मुटुलाई प्रत्यारोपणका लागि कति समयसम्म भण्डारण गर्न सकिन्छ भन्ने विषयमा थाहा पाउनका लागि स्मार्टफोनमा खोजी गरेका थिए । विज्ञहरूका अनुसार, चारदेखि ६ घन्टासम्म मात्र भण्डारण गर्न मिल्छ ।

घटना हुँदा विमान आकाशमा तीन घन्टा उडिसकेको थियो ।

उक्त विमानमा रहेका यात्रुमध्ये एकजना चिकित्सक थिए र उनले सियाटल टाइम्सलाई यो घटना चरम लापरवाहीको त्रासद कथा भएको बताए ।  विमान सियाटलमा फर्केपछि मुटुलाई डोनर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।-लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *