यो वर्षको नेपाल आइडलको उपाधि कसले जित्ला ? डब्लूआर–भी कार र नगद कसले लैजाला ?

२०७५ पुष १, आईतवार २०:४५ गते २०७५ पुष १, आईतवार २०:४५ गते २०७५ पुष १, आईतवार २०:४५ गते

यो वर्षको नेपाल आइडलको उपाधि कसले जित्ला ? डब्लूआर–भी कार र नगद कसले लैजाला ?

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो हो नेपाल आइडल। पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेर चर्चा कमाएसँगै अहिले नेपाल आइडलका टप चार प्रतिस्पर्धी नै औधी चर्चामा रहेका छन् । ‘नेपाल आइडल–२’को फाइनल काठमाडौंमै हुने भएको छ । आउँदो पुस ६ गते उक्त शो काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएकोमा काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।नेपाल आइडलका एपिसोडहरु युट्युब ट्रेन्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्छन्।

source:light nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *