पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल पुष ५ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
मेषः– आकस्मिक अनायास खर्च वृद्धिले आर्थिक संकट निम्त्याउनेछ । घरमा पाहुना आउने छन् । पारिवारिक समस्या बढ्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । आफन्तबाट विश्वासघात हुन सक्छ ।
वृषः– शिप,ज्ञान आर्जन हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । सहयोगी मन भेटिने छन् । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
मिथुनः– आतिथ्यता खर्चमा वृद्धि हुनेछ । लेनदेन कारोवारमा चनाखो रहनु होला । प्रयास प्रयत्न असफल हुने देखिन्छ । मिलेर काम सके सम्म नगर्नु होल । व्यापारमा मन्दि आउेछ । विश्वासघात हुनसक्छ ।
कर्कटः– कार्य प्रगति र आम्दानीका हिसावले दिन ठीकै देखिन्छ । लगनशीलत बढाउनु होला । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम हुनेछन् ।
सिंहः– पराक्रम बढ्नेछ । समस्याको समाधान निस्कनेछ । रोकिएका योजना अगाडि बढ्ने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
कन्याः–मध्यान्हबाट समयले थोरै साथ दिनेछ । भाग्यले साथ दिनेछ । आस्था र विश्वास बढ्नेछ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
तुलाः– काम विग्रेको आफैलाई पत्तो नलाग्न सक्छ । नयाँ कामको थालनि नगर्नु होला लगानी डुब्न सक्छ । कामको सहयोग कमै मिल्नेछ तर मुखको सहयोग भने पाईनेछ । लगानी अनुसारको व्यापारबाट मुनाफा कम हुनेछ ।
वृश्चिकः– मेहनतको तुलनामा उपलब्धि बढि हुनेछ । परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ ।
धनुः– शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । लेनदेन कारोवार सल्टिनेछ ।
मकरः– समस्या कम हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । ज्ञान,शिप आर्जन हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । खर्च व्यवस्थापनमा जोड दिनुहोला ।
कुम्भः–पारिवारिक समस्या बढ्ने छन् । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । घरमा पाहुना आउनेछन् । मनमा महत्व मात्रै पालेर काममा प्रगति हुने छैन लगनशिलता बढाउनु होला ।
मिनः– नयाँ सम्भावनाको खोजी गर्नु होला । आफ्नै पहलमा कार्य सम्पादन गर्नु उचित हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । पढाईमा मन जानेछ । आफन्तको भर धेरै नपर्नु होला ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।