स्वर्गद्वारी नगरपालिकामा जनप्रतिनिधिको भत्ता र नास्ता खर्च मासिक झण्डै तीन लाख

२०७५ पुष ८, आईतवार १३:४६ गते २०७५ पुष ८, आईतवार १३:४६ गते २०७५ पुष ८, आईतवार १३:४६ गते

७ पौष- स्वर्गद्वारी नगरपालिका प्यूठानले आर्थिक वर्ष २०७५ को मङ्सिर महिनामामात्र सम्पूर्ण जनप्रतिनिधि तथा केही कर्मचारीहरु मिलेर बसेको वडा बैठक तथा नगर कार्यपालिका बैठकको बैठक भत्ता तथा नास्ता खर्चमात्र झण्डै करिब पौने तीन लाख बजेट सक्काएको छ तर मङ्सिर महिनामा विभिन्न वडा तथा नगरपालिकाले के कस्ता उपलब्धिहरु हासिल गरे के कस्ता प्रगति तथा कार्यहरु गरे यसको उपलब्धि केही समय पछि थाहा हुने केही जन प्रतिनिधिहरु बताउछन् । मङ्सिर महिनाको मात्र बैठकभत्ता तथा नास्ता खर्चमा नगरपालिका भित्र सबै भन्दा कम खर्च गरेको वडा नम्बर ७ ले झण्डै १२ हजार खर्च गरेको छ । सबै वडाहरुको वडा बैठक १ महिनामा ३ पटक बसे तर वडा नम्बर ७ नियमित बैठकमात्र १ पटक बस्यो ।

कुनै एजेन्डा नभइ सानातिना कुरामा बैठक बसी अनावश्यकरुपमा भत्तामात्र खान बैठक बस्नु नपर्ने भएकोले एक पटक मात्र बैठक बसेको ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराई (पदम) बताउनु हुन्छ । एक महिनामा बढीमा ३ पटक सम्म बैठक बसेको भत्ता पाउने प्राबधान रहे पनि एक महिनामा गर्न सकिने काम तथा विकास निर्माणका कार्यहरूको निर्णय एक पटकको बैठकबाटै गर्न सकिन्छ भने अनावश्यक भत्ता पचाउन बैठक बस्नु नपर्ने भट्टराईको भनाइ छ । ७ नम्बर एक पटकमात्र बैठक बसे पनि अन्य सबै वडाहरु आवश्यकता अनुसार ३ पटक नै बैठक बसेको बताईएको छ । सात बाहेक अन्य वडाहरुले मङ्सिर महिनामा २६ देखि ३० हजारसम्म भत्ता तथा नास्ता खर्चमा रकम खर्च गरिसकेका छन भने नगरपालिकाको कार्यपालिका बैठकले २ पटक बैठक बसि विभिन्न निर्णयहरु गर्दै करिव ४५ हजार भत्ता तथा नास्ता खर्च गरेको छ ।

नगरपालिकाका प्रत्येक वडाहरुले ४/४ महिनामा बिल भर्पाईहरु नगरपालिकामा दाखिला (फर्स्योट) गर्नु पर्ने नगरपालिकाको प्राबधान छ तर ६ महिनामा लाग्दा सम्म नि कुनै वडाहरूले खर्च विवरणका बिलहरु बुझाएका छैनन । प्रत्येक वडाहरुले कार्यालय खर्च स्वरुप यो बर्ष ६ /६ लाख बजेट पाउने भएका छन । यसैभित्रबाट वडा कार्यालयले बैठक भत्ता तथा नास्ता खर्च गर्छन । अहिलेसम्म पनि वडा नम्बर एकले कुनै रकम नलगेको नगरपालिका लेखा अधिकृत खगेश्वर अधिकारीले बताउनु भएको छ । अन्य सबै वडाहरुले पेश्की स्वरुप २/२ लाख रुपैया निकासी गरेका छन । वडा नम्बर एकले केबाट खर्च गरेको छ त ? नगरपालिकाकै दुर्गम वडा मानिने एकले त्यही रकमबाट एउटा अनमी राख्न मिले राख्ने र सकेसम्म वडा बासीकै घर घरमै गएर गर्भवती तथा सुत्केरी जाँच गर्ने योजनामा वडा अध्यक्ष मेघराज जि सी को योजना छ ।

बैठक भत्ता र नास्ता खर्चमा मात्र जम्मा करिब ३ लाख खर्च भइसकेको अवस्थामा इन्धन ,गाडी मर्मत ,अन्य भत्ता, नास्ता खर्चका बिल भर्पाईहरु सबै आई नसकेको जनप्रतिनिधि तथा कर्मचारीहरु बताउछन् । कुनै कुनै वडाले दैनिक गाउँबाट दूध मगाएर वडा कार्यालयमै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई चिया नास्ताको व्यवस्था गरेका छन । भत्ता र नास्ता खर्च, यातायात खर्च ,मर्मत खर्च , लगाएतका खर्च बाहेक नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको मासिक जम्मा ५ लाख नौ हजार रुपैया तलब हुन्छ । यसरी हेर्ने हो भने मङ्सिर महिनामा मात्र तलब भत्ता जनप्रतिनिधिको अन्य खर्च गरि झण्डै साढे आठ लाख बजेट सकिएको छ भने यसको उपलब्धि जनताले हेर्न र महसुस गर्न बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *