सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु

२०७५ पुष ९, सोमबार १५:०२ गते २०७५ पुष ९, सोमबार १५:०२ गते २०७५ पुष ९, सोमबार १५:०२ गते

सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु

हरेक राशिका प्रेमप्रतिको व्यहवहार र रुचि फरक फरक हुन्छ । कोहि मायामा साह्रै नै इमोशनल हुन्छन् त कोहि रोमान्सको लागि धेरै रुचि राख्दैनन् । ज्योतिष शास्त्र अनुसार केहि यस्ता राशि छन् जुन राशि भएका मानिसहरु सजिलैसँग प्रेममा पर्छन् ।
१. मिथुन भनिन्छ यी राशि भएका मानिसहरु चाँडै नै मायामा पर्छन् र आफ्नो भविष्य पनि उसँग देख्न थाल्छन् । तर त्यतिनै छिटो यिनीहरुको प्रेम सम्बन्छ सकिन सक्छ ।

२.कर्कट यी राशिका मानिसहरु धेरै नै सेन्सेटिव हुन्छन् । जो कोही यिनीहरुसँग राम्रो व्यवहार गर्छन् यिनीहरुलाई चाँडै नै मनपर्छन् । तर यिनीहरु प्रेम सम्बन्धलाई लिएर धेरै नै इमान्दार हुन्छन् ।

३. कन्या यस राशिका मानिस खुल्ला विचारका हुन्छन् र कडा परिश्रमबाट केहि हासिल गर्ने विश्वास राख्छन् । यिनीहरु कहिले पनि आफ्नो मनको कुरा लुकाएर राख्दैनन् । यिनीहरुलाई यदि यस्तै व्यक्ति मिल्यो भने उनीहरुसँग भावनात्मक रूपमा जोडिन पुग्छन् ।

४.मीन यिनीहरु प्रेमसम्बन्धमा अरुभन्दा भिन्दै हुन्छन् । यिनीहरु जोसँग आफूलाई सजिलो महसुस गर्छन् उनीहरुसँगै प्रेममा पर्छन् ।

५. कुम्भ यी राशिका मानिसहरु सधैँय मानिसहरुको आकर्षणको केन्द्र बन्न चाहन्छन् । त्यसैले जोकोहिले यिनीहरुलाई भाउ दिन्छन् यिनीहरु उसैको हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *