हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ ।
क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा। रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ ।
रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’
उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो ।
२००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरुलाई सहभागी गराइएको थियो । यो अनुसन्धान अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित छ । एजेन्सी ।
दुब्लाउने ब्याक्टेरिया भेटियो…
वैज्ञानिकहरुले गरेको सोधका क्रममा उनीहरुले शरिरको मोटोपन घटाउन सक्ने तथा अर्को मधुमेह कम गर्न सक्ने ब्याटेरिया पत्ता लगाएका छन् ।
‘प्रोसिडिङ्ग्स अफ नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित अनुसन्धानले दिएको रिपोर्टका अनुसार मुसामा गरिएको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको दावी गरिएको छ । अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानका क्रममा मुसामा देखीएको शारिरिक वदलावले यस्तो पुष्टी गरेको दावी गरेका छन् ।
उनीहरूका अनुसार यो ब्याक्टेरियाले पेटको भित्री झिल्लीसम्म परिवर्तन गर्न सक्छ र खानाको पच्ने तरिका समेत परिवर्तन गरिदिन्छ ।
उनीहरू भन्छन् अब मानिसमा पनि यसप्रकारको ब्याटेरियाको परिक्षण गरिनुपर्छ । परिक्षण पश्चात मात्रै यो कुराको पुष्टी हुन्छ की त्यो ब्याक्टेरियाले साच्चै मानिसको शरिरको मोटोपनलाई कमी गराउँछ ।
यस ब्याक्टेरियाका बारेमा अध्ययनका लागी केही मुसाको प्रयोग गरिएको थियो । सामान्य अवस्थाको मुसालाई सुरूमा बोसोयुक्त खाना खुवाएर अन्य मुसा भन्दा २-३ गुणा मोटो बनाइयो । केही समयपछी उक्त मुसालाई ब्याक्टेरिया सहित मिलाएर खानेकुरा दिन थालेपछी उनसको शरिर त्यो भन्दा बढेन । यसक्रममा शरिरमा रहेको इन्सुलिनको मात्रामा पनि कमी आएको बताइएको छ ।
अनुसन्धानका अनुसार यी जिवाणुहरू पेटको आन्तरिक झिल्लीमा पुगेर एउटा अवरोधकको काम गर्छ । यसले केही पदार्थलाई पेटबाट रगतसम्म रोक्न मद्धत गर्छ । साथै पाचन प्रणालीमा आउने रासायनिक संकेतलाई पनि उक्त ब्याक्टेरियाले परिवर्तन गरिदिन्छ जसले शरिरमा अन्यत्र बोसोको निर्माण प्रक्रियालाई पनि निस्तेज पार्छ र शरिरको मोटोपन घटाउन मद्धत गर्छ ।
नेपालीहेडलाइन्स डटकम