स्याम्पुले गराउँछ गर्भपतन आखिर कसरि

२०७५ माघ २७, आईतवार १५:३३ गते २०७५ माघ २७, आईतवार १५:३३ गते २०७५ माघ २७, आईतवार १५:३३ गते

धेरै महिला तथा पुरुषमा नि:सन्तान समस्या देखिन्छ । अझ धेरै महिलाहरु गर्भपात समस्याबाट दु:खी छन् । किन हुन्छ महिलामा गर्भपात ? एक अध्ययनले महिलाले प्रयोग गर्ने साबुन तथा स्याम्पुले पनि गर्भपात हुने देखाएको छ । साबुन तथा स्याम्पुजस्ता ब्युटी प्रडक्ट्स, प्याकिंग गरिएका तयारी खानाहरुकासाथै अन्य रासायनिक उत्पादनहरुसँग लामो समयसम्म हेलमेल हुँदा त्यसले गर्भवती महिलाहरुमा गर्भपातको जोखिम बढाउने एक अनुसन्धानले देखाएको हो ।
चीनको बेइजिंग युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय भन्दा बढि महिलाहरुमा गरेको अध्ययनबाट यस्तो आश्चर्यजनक नतिजा प्राप्त सार्वजनिक गरेका हुन् । शोधकर्ताहरुका अनुसार साबुन, स्याम्पु लगायतका दैनिक प्रयोगका चिजहरुमा पाइने थ्यालेट्स नामक रसायनले महिलामा गर्भपतन गराउन सक्छ । यो तत्वको सबैभन्दा नकारात्मक असर ५ देखि १३ हप्ताका गर्भवतीहरुमा पर्ने बताइएको छ ।

शोधकर्ताहरुका अनुसार यस्ता उत्पादनका कारखानामा काम गर्ने महिलामा मात्र होइन की यस्ता उत्पादनको उपयोग गर्ने उपभोक्तामा समेत यसको प्रभाव पर्ने गरेको पाइएको छ । शोधकर्ता जियानयिंग ह्यु सहितको टोलीले १७२ जना स्वस्थ गर्भवती तथा १३२ जना गर्भपतन भएका महिलाहरुको पिसाबको नमूना जाँच गरेका थिए । त्यसक्रममा गर्भपतन भएका महिलाको पिसाबको नमूनामा थ्यालेटको मात्रा पाइयो ।

शोधकर्ताहरुले गर्भवती महिलाहरु थ्यालेट तत्वको सम्पर्कमा रहँदा त्यसको असर गर्भमा पर्ने निष्कर्ष निकाले । यसअघिका शोधहरुले कारखानामा थ्यालेट रसायनको उच्च सम्पर्कमा रहने महिलाहरुमा गर्भपतनको खतरा बढ्ने तथ्य स्थापित गरेका भएपनि पछिल्लो अनुसन्धानले भने कारखानामा काम गर्ने मात्र होइन उक्त तत्वयुक्त पदार्थ प्रयोग गर्ने महिलाहरु समेत त्यसको जोखिममा रहेको देखाएको हो ।

यो केहि वर्ष अघि सार्वजनिक गरिएको रिपोर्ट हो । यस सम्बन्धी विस्तृत शोध प्रतिवेदन इन्भारोमेन्ट साइन्स एण्ड टेक्नोलोजी जर्नलमा छापिएको थियो ।

http://bit.ly/2IRjz8l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed