काठमाडौं – चितवनका एक युवाले नक्कली प्रमाण पत्र बनाएपछि पक्राउ परेका छन् । अमेरिका जान डाइभर्सिटी भिसा पारेका चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुलीको ले अमेरिका जाने लोभमा नक्कली प्रमाण पत्र बनाएपछि पक्राउ परेका हुन् ।
२६ वर्षीय निखिल पराजुली १२ पास थिएनन् । डिभी परेपछि खुसी भएका उनले नतिजा प्राप्त हुनसाथ कानुनी प्रक्रिया अघि बढाए ।
त्यसपछी निखिललाइ एउटा समस्या आइपर्यो, अमेरिका जान कक्षा १२ को शैक्षिक प्रमाण पत्र चाहिन्थ्यो ।जुन प्रमाण पत्र उनी सँग थिएन । अमेरिका जाने लोभमा उनले नक्कली प्रमाण पत्र बनाए, र काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरे ।
दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखियो । त्यसपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिपछी उनी हाराजगञ्जबाट पक्राउ परे ।
र यो पनि ,
बच्चाको विकास कति बर्षमा कति प्रतिशत ? पढ्नुहोस तल :
गर्भमा रहँदा ३० प्रतिशत : गर्भको रुपमा आमाको पेटमा रहँदा शिशुको ३० मानसिक तथा बौद्धिक विकास भइसकेको हुन्छ ।
पहिलो बर्ष २५ प्रतिशत : शिशु जन्मेको पहिलो बर्ष उसको थप २५ प्रतिशत मानसिक एवं शारीरिक एवं बौद्धिक विकास भइसकेको हुन्छ । र एक बर्ष भित्रमा बच्चाको ५५ प्रतिशत मानसिक विकास भइसकेको हुन्छ ।
दोस्रो बर्ष २५ प्रतिशत : बच्चाको उमेर एक देखी दुई बर्ष हुँदाको अवधीमा थप २५ प्रतिशत मानसिक एवं शारीरिक विकास भइसकेको हुन्छ । र बच्चा दुई बर्ष पुग्दा उसको ८० प्रतिशत मानसिक विकास भइसकेको हुन्छ ।
दुई देखी पाँच बर्षमा १० प्रतिशत : बच्चाको उमेर दुई देखी पाँच बर्ष पुग्दा त्यो बीचको अवधीमा मानसिक बृद्धि १० प्रतिशत हुन्छ । यो संगै जन्मेको पाँच बर्ष पुग्दासम्म बच्चाको ९० प्रतिशत विकास भइसकेको हुन्छ ।
बाँकि अवधी १० प्रतिशत : जब बच्चा पाँच बर्ष भन्दा माथि जान्छ त्यसपछि विकास हुने भनेको १० प्रतिशत मात्रै हो ।
त्यसैले अभिभावकहरुले आफ्ना सन्तानको गर्भका बेलामा नै विशेष स्याहार गर्नुपर्छ । गर्भदेखी दुई बर्षको बीचमै बच्चाको ८० प्रतिशत मानसिक विकास भइसक्ने भएकोले त्यतिवेलै राम्रो स्याहार पाएमा उसको उज्वल भविस्यको निर्धारण हुन्छ ।
गर्भवती देखी सुत्केरी हुँदासम्मको आमा र शिशुको खानपान र स्याहारमा विशेष जोड दिनुपर्छ ।
Views: 0