हनुमानले टुक्रा टुक्रा बनाए माता सीताले दिएको मोतीको माला

२०७६ श्रावण १०, शुक्रबार २१:५३ गते २०७६ श्रावण १०, शुक्रबार २१:५३ गते २०७६ श्रावण १०, शुक्रबार २१:५३ गते

काठमाडौं । एक पटक मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले आफ्नो सेवकहरुलाई प्रसन्न भएर उनिहरुलाई उपहार दिने तयारीमा जुट्नुभयो । पुरस्कार दिन दरबारका सबै जुटेका थिए । भगवानले आफ्नो एक एक भक्तलाई उपहार दिनुभयो । तर प्रभुले हनुमानलाई केहि पनि दिनुभएन ।

यो देखेर माता सीता निकै दुखी हुनुभयो,’जब सबैले केहि न केहि दिइयो भने प्रिय सेवक, भक्त शिरोमणि हनुमानसँग यस्तो व्यवहार किन ?’ जगत जननी माता सीताले आफ्नो गलामा रहेको मोतीको माला उतारेर हनुमानलाई दिनुभयो । हनुमानले त्यस बहुमुल्य मलालाई धारण गर्नुभयो ।

सबै सभामा प्रसन्न थिए तर एकाएक हनुमानले आफ्नो गलाको माला उतारेर त्यस मोतीको दाननलाई दाँतले फोड्न सुरु गर्नुभयो। तब सबै विस्मित भएर हनुमानको क्रियाकलापलाई हेरि रहे । सभामा रहेका सेवकले सोचे,’ यो बाँदर यस अनमोल मोतीको मुल्यको बारेमा के जानोस।’ एक जनाले हनुमानसँग सोधे,’हनुमान तिमि मोतीलाई किन तोडि रहेका छौ ?’हनुमानलेभन्नुभयो,’ सज्जन म यस मोतीको टुक्रा टुक्रामा रामको नाम खोजी रहेको छुँ ।’सभामा रहेका मानिसहरुले भने,’हनुमान जुन रामको नाम तिमि मोतीमा खोजी रहेका छौ, के तिम्रो हृदयमा पनि त्यो राम नाम छ ?’

नुमानले भन्नुभयो,’ छ, त्यो राम नाम मेरो हृदयको भित्र छ ।’यति भनेर हनुमानले आफ्नो हृदय फोडेर हृदय भित्र जिज्ञासुहरुलाई रामको नाम बताउनुभयो । हनुमानको यस नाम प्रेमलाई देखेर सबै प्रसन्न भए ।यस दृष्टान्तको भाव यो हो कि त्यो राम नाम हनुमान भित्र मात्र नभएर सबैको हृदयमा विद्यमान छ । हनुमानले आफ्नो हृदय भित्र आफ्नो स्वासमा त्यस नामलाई बताउनुभयो ।त्यो नाम अव्यक्त छ । यदि बोलिन्थ्यो भने हनुमान मुखबाट बोलेर भन्नुहुन्थ्यो कि त्यो नाम ‘राम’ हो ।

यदि हृदयलाई फोडेर हृदयमा त्यो नाम देखिन्थ्यो भने शल्य चिकित्सा गर्ने डाक्टरलाई त्यो नाम अवश्य दृष्टिगोचर हुन्थ्यो ।तर सत्य यो हो कि त्यो नाम सबैको हृदयको बिच स्वासमा छ । यस स्वासमा रम्ने रामको नामलाई आफ्नो हृदयमा हनुमानले बताउनुभएको हो ।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed