प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

२०७७ फाल्गुन १८, मंगलवार १०:०८ गते २०७७ फाल्गुन १८, मंगलवार १०:०८ गते २०७७ फाल्गुन १८, मंगलवार १०:०८ गते
Prime Minister KP Sharma Oli wave his hand before leave for Singapore for health follow-up at Kathmandu, Nepal on Thursday, August 22, 2019. The PM had gone to Singapore on August 3, 2019 for regular health check-ups at the National University Hospital. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली अस्ति झापा र हिजो पोखरा जानुभएको थियो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *