नेपाललाई चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

२०७७ फाल्गुन १८, मंगलवार १०:१६ गते २०७७ फाल्गुन १८, मंगलवार १०:१६ गते २०७७ फाल्गुन १८, मंगलवार १०:१६ गते

काठमाडौं, फागुन १८ : चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप खोप दिने बताउनुभएको हो| शुरुमा नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो । चीनको प्रतिबद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ|

यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिइसकेको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *