काठमाडौं ,१८ फागून ; नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीबीच भडप भएको छ।क्याम्पस गेटमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थीले राखेको ब्यानर प्रचण्ड–माधव समूहले च्यातेर आफ्नो समूहको ब्यानर राखेपछि झडप भएको हो।ब्यानरको विषयमा विवाद बढ्दै जाँदा दुवै समूहबीच झण्डै १० मिनेट लामो दोहोरो झडप भएको विद्यार्थीहरुले बताएका छन्।झडपबाट कति जना घाइते भएका छन् भन्नेबारे अहिलेसम्म खुलेको छैन। झगडा भएको सूचना आएपछि क्याम्पस अगाडि बाक्लो समूहमा सुरक्षाकर्मी खटाइएको छ।
ब्यानरको विषयमा विवाद हुँदा नेकपाका दुई खेमाका विद्यार्थीबीच आरआरमा झडप
२०७७ फाल्गुन १८, मंगलवार १४:१२ गते २०७७ फाल्गुन १८, मंगलवार १४:१२ गते २०७७ फाल्गुन १८, मंगलवार १४:१२ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते