वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउँछौँ : प्रधानमन्त्री

२०७७ फाल्गुन १८, मंगलवार १५:३७ गते २०७७ फाल्गुन १८, मंगलवार १५:३७ गते २०७७ फाल्गुन १८, मंगलवार १५:३७ गते

काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् ।वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिकको साथ लिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याए|

उनले भने, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो । प्रतिफल दिने विकास नीति हुनुपर्‍यो र यो कुरा के भने हामी नीतिहरट्ठ बनाउँदा तपाईँहरूको साथ लिएर बनाउँछौँ । नागरिकको साथ लिएर बनाउँछौँ । उपभोक्ताको साथ लिएर बनाउँछौँ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि सबै कुरा नागरिकको साथ लिएर बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताए । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उनको भनाइ छ । फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए ।उनले भने, ‘सायद उपभोक्ता समितिहरू नबनेका भए, सामुदायिक वनहरूको रूपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो|

नष्ट भइसकेका वनहरूलाई वन उपभोक्ता समितिहरूले पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरूलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा ठूलो योगदान पुगेको छ ।’प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए । वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाइ छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *