भारत विश्वको चाैथो धेरै अर्बपति भएको देश, अम्बानीको सम्पत्ति बढ्यो

२०७७ फाल्गुन १९, बुधबार १२:२८ गते २०७७ फाल्गुन १९, बुधबार १२:२८ गते २०७७ फाल्गुन १९, बुधबार १२:२८ गते

कोरोना कहरका बाबजुत गएको साल विश्वभर अर्बपतिहरूका लागि भने सुखद् नै रह्यो। भारतमा पनि गएको वर्ष अर्बपतिहरूको सम्पत्तिले छलाङ मारेको छ। भारतमा मात्र गएको वर्ष अर्बपतिको संख्या १ सय ३७ बाट बढेर १ सय ७७ पुगेको छ। अर्थात् गएको वर्ष भारतभर ४० जना नयाँ अर्बपति थपिएका छन्।

यस वर्ष विश्वभरका ६८ देशका २ हजार ४ सय २ कम्पनीका ३ हजार २ सय २८ जना अर्बपति रहेका हुरन ग्लोबल रिच लिस्टमा समावेश भएका छन्। पछिल्लो वर्ष यो लिस्टमा २ हजार ८ सय १४ अर्बपति समावेश थिए। अर्थात् विश्वभर ४ सय १४ नयाँ अर्बपति थपिएका छन्।

भारतमा सबैभन्दा यस वर्ष पनि रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी नै भएका छन्। विश्वका सबैभन्दा धनी व्यक्तिको ९ औं सूचीमा रहेका उनी सम्पत्ति वृद्धिपछि ८ औं नम्बरमा पर्न सफल भए।

एक वर्षमै उनको सम्पत्ति २४ प्रतिशतले बढेको उक्त लिस्टले जनाएको छ। उनको सम्पत्ति ६७ अर्ब डलरबाट बढेर ८३ अर्ब डलर पुगेको जनाइएको छ।

त्यस्तै भारतकै अडानी ग्रुपका मालिक गौतम अडानीको सम्पत्ति त झन् दुई गुणाले बढेको छ। १७ अर्ब डलर रहेको उनको सम्पत्ति यस वर्ष करिब ३२ अर्ब पुगेको जनाइएको छ। साथै उनी विश्वभरका ४८ औं सर्वाधिक धनीको सूचीमा पर्न सफल भए। ​

विश्वमा सर्वाधिक अर्बपति हुने मुलुकको तेस्रो स्थानमा भारत
अर्बपतिको संख्या बढाउँदै लगेको भारत विश्वमा सर्वाधिक अर्बपति भएको मुलुकको तेस्रो नम्बरमा परेको छ। भारतभर १ सय ७७ अर्बपति छन्। जसमध्ये ६१ जना मुम्बईका मात्रै छन्। नयाँ दिल्लीमा ४० र बेंग्लोरमा २२ जना अर्बपति छन्। विदेशमा रहेका अर्बपति जोड्दा भने भारतका मात्र २ सय ९ जना पुग्नेछन्।

विश्वभर सर्वाधिक चीनमा १ हजार ५८ जना अर्बपति रहेका छन्। यस वर्ष मात्रै चीनमा २ सय ५९ जना अर्बपतिको संख्या वृद्धि भएको जनाइएको छ। बेइजिङमा मात्रै १ सय ४५ जना अर्बपति रहेका छन्। सांघाईमा पनि १ सय १३ जना अर्बपति रहेका छन्।

अमेरिका भने दोस्रो नम्बरमा छ। अमेरिकामा ६ सय ९६ अर्बपति रहेका छन्। एक वर्षमा अमेरिकामा ७० जना नयाँ अर्बपति थपिएका छन्। विश्वका सबैभन्दा बढी सम्पत्ति अमेरिकी नागरिक इलन मस्क हुन्। उनको कुल सम्पत्ति १ सय ९७ बिलियन डलर रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *