काठमाडौं, २२ फागुन । ललितपुर महानगरपालिकाको प्रांङ्गणमा महिला हस्तकला मेला सुरु भएको छ । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर महिला शसक्तिकरणका लागि आर्थिक सवाल नै वाधक भएको निष्कर्ष सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सुरु भएको हो । फागुन २२ गतेदेखि २४ गतेसम्म चल्ने मेलाको उद्घाटन मा शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् ।
हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत हस्तकलाका बस्तुको निर्यात तथा प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सविता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रबद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको बताउदैं कोरोनाबाट व्यवसायमा परेको असरका कारण महिला उद्यमीहरुले बैंकको ऋणसमेत तिर्न नसकेको अवस्थामा मेलाले महिला उद्यमीलाई राहत पुग्ने बताइन् ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वल्र्र्ड क्राफ्ट सिटी घोषणाले उत्साहित बनाएको भन्दै, अब काम गरेर देखाउने समय आएको बताए । उनले भने, ‘तालिम, गोष्टी सेमिनार धेरै भए तर उपलब्धी हासिल भएन अब कार्यान्वयनमा जानुपर्छ । हस्तकलाका सामाग्री उत्पादनलाई पुस्तान्तरण गर्न जरुरी रहेको नत्र यो पेशा सदाको लागि समाप्त हुने अवस्था पनि आउन सक्छ ।’ उनले उत्पादन संगै बजारीकरणको चुनौति रहेको औंल्यादै अन्तर्राष्ट्रिय बजारमा माग भएता पनि निर्यात गर्न प्रक्रियागत जटिलताले अपेक्षित निर्यात गर्न नसकिएको बताए । ललितपुरलाई हस्तकलामा थप अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता व्यक्त गरे । त्यस्तै नेपाल ब्यापार प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाका सामाग्री दिगो बिकासका लागि टेवा पुग्ने बताउदै उनले अन्य सामाग्री भन्दा हस्तकलाका उत्पादनहरु निरन्तर निर्यात हुने भएकाले यसको योगदान कुल ग्राहस्त उत्पादनमा ५ प्रतिशत योगदान रहेको बताए । हस्तकलाका बस्तुहरु उत्पादन संगै निकासी तथा प्रवर्दन गर्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरु प्रदर्शनमा राख्न छलफल तथा कुटनीतिक पहल भइरहेको खुलासा गरे । साथै उत्पादित सामानहरु सरकारको आधिकारिक पोर्टलहरुमा राख्न उनको आग्रह छ ।
कार्यक्रममा महानगरपालिकाकी उप–प्रमुख गिता सत्यालले अन्तर्राष्ट्रिय महिला दिवसमा नै महिला हस्तकला मेला आयोजन गर्नुको औचित्यमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका लागि आर्थिक पाटोको महत्वपूर्ण भूमिका हुने भएका सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् । उनले ललितपुर महानगरपालिकामा १५४ जना महिला उद्यमी रहेका जानकारी दिंदै पूँजीको अभावमा कुनै पनि उद्यमीलाई व्यवसायबाट हात धुनुपर्ने स्थितिबाट बचाउन बंैक तथा वित्तिय संस्थाहरुसंग सहकार्य गरि विनाधितो र सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरणको भुमिका खेल्ने बताइन् । उनले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहंदा देशभर महिला हिंसा भई राखेको प्रति इकिंत गर्दै महिला हिंसा न्युनिकरणका लागि विद्यालय स्तरमा लैंगिक हिंसा सम्बन्धि कार्यक्रम ल्याउनुपर्ने बताइन् । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य ललितपुर जिल्ला अदालतका न्यायधिस शिव बहादुर रानाभाट लगायतले बोलेका थिए ।
मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले जानकारी दिनुभएको छ । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि उहाँले जानकारी दिनुभयो । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको छ ।