शिखर बौद्धिक व्यक्तित्व श्रेष्ठको पार्थिव शरीर शोभाभगवतीमा अन्त्येष्ठी

२०७७ चैत्र ५, बिहीबार २१:३८ गते २०७७ चैत्र ५, बिहीबार २१:३८ गते २०७७ चैत्र ५, बिहीबार २१:३८ गते

काठमाडौं, ०५ चैत्र – शिखर बौद्धिक पुरुष माणिकलाल श्रेष्ठको पार्थिव शरीरको आज अन्त्येष्ठी गरिएको छ । दिवंगत श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्ठी शोभाभगवती स्थित इन्द्रायणीघाटमा दिउँसो करिब ४:०० बजे गरिएको हो । उनको पार्थिव शरिरलाई पुत्रहरु डा. मलख लाल श्रेष्ठ र डा. सितुलाल श्रेष्ठले दाग बत्ती दिएका थिए ।

दिवंगत श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्ठी पुर्व अन्तिम श्रद्धाञ्जली दिनका लागि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व सभामुखहरु दमननाथ ढुङ्गाना र सुवास नेम्वाङ, मन्त्रीहरु वसन्त नेम्वाङ र कृष्णगोपाल श्रेष्ठ, नेताहरु नारायणकाजी श्रेष्ठ, लिलामणी पोखरेल, हिसिला यमी, शशी श्रेष्ठ, तिर्थराम डङोल, काठमाँण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बुद्धिजिवीहरु मल्ल के सुन्दर, नारायण वाग्ले लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *