असी युवालाई होटल तालिम प्रदान

२०७७ चैत्र ६, शुक्रबार १४:२१ गते २०७७ चैत्र ६, शुक्रबार १४:२१ गते २०७७ चैत्र ६, शुक्रबार १४:२१ गते

काठमाडौँ, ६ चैत । कोथिना मिठो छ होटल तालिम केन्द्रको आयोजनामा असी युवालाई होटल तालिम प्रदान गरिएको छ। होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्र समेत वितरण गरिएको छ । कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एशोसियशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्वित हुने बताउनुभयो ।

अध्यक्ष बस्नेतले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इन फ्लाइट सेफ वेद अधिकारी, वरिष्ठ प्रशिक्षक लक्ष्मी भारतीलगायतले तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि भएको उल्लेख गर्नुभयो । एक दशकदेखि सेवा प्रदान गर्दै आएको होटल तालिम केन्द्रले अहिलेसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई होटलसम्बन्धि विभिन्न तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । उक्त केन्द्रले आफ्नो होटल तथा रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *