काठमाडौं । झापा सेवा समाज, काठमाडौंको शनिबार सम्पन्न दोस्रो साधारणसभाले फेरि पनि लक्ष्मण भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । भण्डारीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक टिकाभूषण घिमिरेले जनाए । घिमिरेका अनुसार समाजको उपाध्यक्षमा छबिन्द्र ओझा, सचिवमा प्रेमबहादुर खड्का, सहसचिवमा दुर्गा ढकाल र कोषाध्यक्षमा रघुनाथ न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गंगा बराल, डा. क्षमता सुवेदी, प्रबिन निरौला, नवीन लामिछाने, भुपाल उप्रेती, भूमिका भण्डारी, कुलदीप राजवंशी, शिशिर सिम्खडा, शेखर सापकोटा, किशोर दुलाल, नवीन दाहाल, मातृका सुवेदी, हरि नेउपाने, चन्द्र गुरागाई, प्रकाश सापकोटा, एल्बी गोले, गोविन्द दुलाल, एलिजा उप्रेती, कैलाश खरेल र ईन्द्रमणी ढकाल रहेका छन् ।
कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । झापा घर भई काठमाडौं आएर विभिन्न पेशा व्यवसाय गर्दै गरेका युवाहरुले झापाको हकहितका लागि काठमाडौंमा बसेर केही सहयोग गरौं भनेर समाजको स्थापना गरिएको उपाध्यक्ष ओझाले जनाए । नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजले हिजोका दिनमा गरेका सामाजिक कामको चर्चा गरेका थिए । उनले विशेष गरी झापामा शिक्षामा कार्यक्रमलाई केन्द्रित बनाउने बताएका छन् । उनले समाजले झापाबाहेक अन्य ठाउँमा पनि गएर सामाजिक काम गरेको बताउँदै आगामी योजनाबारे पनि सभालाई जानकारी गराएका छन् । समाजका नवनिर्वाचित सचिव खड्काले समाज सबैको साझा संस्था भएकाले त्यही भावना अनुसार अघि बढेको जनाए । उनले सबै विचार र आस्था राख्ने समाजमा आवद्ध भएको बताएका छन् ।२०७३ सालमा स्थापित समाजले १३ जनाको कार्यसमिति रहने विधानलाई परिमार्जन गर्दै २५ जनाको कार्यसमिति रहने विधान बनाएको हो । अध्यक्ष भण्डारीले छिटै नै कार्यसमितिको बैठक बोलाएर समाजलाई गति दिने पनि स्पष्ट पारेका छन् ।