काठमाडौं । पर्यटन व्यवसायीले कोरोनाका ट्रेकिङ र ट्राभल कारण कम्पनी नविकरण हुन नसक्दा विभिन्न शुल्क थपिएकाले छुट दिनका लागि बागमति प्रदेशका मुख्यमन्त्रीलाई अनुरोध गरेका छन् । पर्यटन व्यवसायीको टोलि बागमती प्रदेशको राजधानी हेटौडा पुगेर कम्पनी नविकरण समय थप गर्दै जरिवाना शुल्क छुट गर्न अनुरोध गरेका हुन् ।साथै, पर्यटन व्यवसायीले पहिलो पटक आफ्नो साझा मुद्धाको विषयमा बागमती प्रदेशको ध्यानकर्षण गराएको छ ।ट्रेकिङ एजेन्सिस् एसोसिएन अफ नेपाल(टान) का अध्यक्ष खुम बहादुर सुवेदीको नेतृत्वमा हेटौडा पुगेका व्यवसायीले बागमती प्रदेशको मुख्य मन्त्री डोरमणी पौड्यललाई भेटेर पर्यटन क्षेत्रको अहिलेको समस्याको विषयमा ध्यानकर्षण गराएको हो ।
कोरोना भाइरसका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्रको विभिन्न विषयमा टानका अध्यक्ष सुवेदीले ध्यानकर्षण सहित विभिन्न समस्या समधानका लागि ज्ञापन पत्र समेत बुझाएका थिए ।अध्यक्ष सुवेदीले सो ज्ञापन पत्र वाचन गर्दै मुख्य मन्त्री पौड्लले यस विषयमा आवश्यक कार्ययोजना सहित सम्बोधन गर्नका लागि अनुरोध गरेका थिए ।नाटाका महासचिव सुधिर उपाध्यायले मुख्यमन्त्रीसँग भने,‘अहिले पर्यटक बस व्यवसायी र ट्राभल कम्पनीलाई सरकारले राहत स्किम ल्याउनुपर्छ । यो सरकारको दायित्व हो । पर्यटक आउन सकेको छैन । बैंकको लोन छ । यस्तो अवस्थामा प्रदेश सरकारले कुनै न कुनै स्किम ल्याउनु पर्छ ।’
बागमती प्रदेशका वन पर्यटन उद्योग तथा वातावरण मन्त्रालयको समेत नेतृत्व गरिरहेका मुख्यमन्त्री पौड्लले आवश्यक नियम, ऐनलाई अनुचित ढंगले ल्याउने र अहिलेको समस्या समाधनको विषयमा आफुले उचित कदम चाल्ने प्रतिबद्धता गरेका थिए ।सो टिममा नारा, सोटो, नाटा, टिबान,टुर्गान लगाएतका प्रतिनिधिहरु सहभागी भएका थिए । साथै पर्यटन व्यवसायीले मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेलाई समेत ज्ञापन पत्र बुझाएका थिए ।साभार : टुरिस्म समाचार