ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

२०७७ चैत्र १५, आईतवार ०९:०१ गते २०७७ चैत्र १५, आईतवार ०९:०१ गते २०७७ चैत्र १५, आईतवार ०९:०१ गते

१४ चैत्र २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं । स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपिलको आर्थिक सहयोगमा ह्वीलिचयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरु विच काठमाण्डौंमा ह्वीलचियर बास्केटबल प्रतियोगिता समपन्न भएको छ । स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपिलको आर्थिक सहयोगमा गरिएको सो प्रतियोगताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलाडीहरुलाई बल हस्तान्त्रण गरेर गर्नु भएको थियो ।

सो प्रतियोगिताको उद्घाटका क्रममा आयोजक संस्था स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी महासचिव सोनिका ढकालले सबैलाई स्वागत गर्दै हवीलचियर बास्केट खेलले मेरुदण्ड अपाङ्गता भएका तथा ह्वीलचियर प्रयोगकर्ता वा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक अभ्यास हुने र समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रतिको सकारात्मक रुपमा जनचेतना सहयोग गरेको बताउनु भयो । यसै गरी एम्पुटी एशोसिएशनका अध्यक्ष महेश्वर घिमिरेले राज्यले अपाङ्गता भएका खेलाडीहरुको खेलकुद विकासको लागि ध्यान दिनु पर्ने, अपाङ्गता भएका खेलाडीहरुका लागि पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले हवीलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरुकको खेलकुदका सवाललाई अपाङ्गता आवाज मार्फत उठाउने कुरामा जोड दिनु भयो । त्यसै गरी जया मल्टिपल कलेजका प्रमुख भवानी प्रसाद पौडेलले मेरुदण्ड पक्षघात अपाङ्गता भएका तथा अन्य अपाङ्गता भएकमा व्यक्तिहरुको खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले यस नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि नगरपालिका मार्फत सहयोग हुदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो ।

सो कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले राज्यले बनाउने खेलकुद सम्बन्धी नीति नियमहरुमा अपाङ्गता भएका खेलाडीहरु तथा उनीहरुले खेल्ने खेलकुदका सवालहरु पनि समावेश गर्नु पर्ने बताउनु भएको थियो । त्यसै गरी राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ अधिकृत तथा खेलकुद विभागिय प्रमुख मधु सुधन बस्नेतले राष्ट्रिय खेलकुद परिषदमा अपाङ्गता भएका व्यक्तिहरुलाई कार्य समितिमा सहभागिताको लागि पहल गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने र यसको लागि मन्त्रलालयलाई आवश्यक सल्लाह सुझाब दिनु हुनको लागि पनि अनुरोध गर्नु भयो ।

सो प्रतियोगितमा हवीलिचयर प्रयोगकर्ता पूरुष अपाङ्गता भएका खेलाडीहरुको ७ वटा र महिला खेलाडीहरुको ५ वटा गरी १२ वटा समुहले भाग लिएका थिए ।जसमा पूरुष तर्फ जाउलाखेल हुविलचियर खेलकुद संघले पहिलो स्थान, नेपाल आर्मि कल्बले दोस्रो स्थान र स्पाइनल कर्ड इन्जरी खेलकुद संघले तेस्रो स्थान प्राप्त गरेका थिए भने महिला तर्फ ह्वीलचियर बास्केटबल संघले पहिलो, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले देस्रो र ह्वीलचियर खेलकुद संघले तेस्रो स्थान प्राप्त गरेका थिए । खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । उक्त प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन आयोजक संस्था स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी उपाध्यक्ष देवि आचार्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *