नुवाकोट – ककनी गाउँ पालिका चित्रे स्थीत श्री शान्ति देवि आधारभुत विद्यालयका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।मर्सील्याड नेपालको आयोजनामा सितला देवि प्रिन्टीङ प्रेस,ममता फाउन्डेसन नेपाल,सामरीटन ट्रष्ट एवं लायन्स क्लब अफ काठमाडौं कोटेश्वर ग्लोवल भिजको सहयोगमा गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री वितरण गरिएकाे हो।शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्था का अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले सहयोग गरेको बताउदै सहयोगी मनलाई धन्यवाद सहित आभार प्रकट गरेका छन।दाताहरुले स्व–इच्छाले दिईएको रकम पनि संकलन गरिएको वताउदै अन्य संस्थाहरुलाई पनि हालेमालो गर्न आव्हान गदै आगामि दिनमा बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत पराजुलीले प्रतिवद्दता जाहेर गरे।
संस्थाका सचिव नवराज आचार्यले मर्सील्याण्ड नेपालको गतिविधी वारे प्रकाश पार्दै दाताहरुला धन्यवाद ज्ञापन गर्नुभयो । संस्थाका उपाध्यक्ष पवनलाल श्रेष्ठ,कोषाध्यक्ष ज्ञान वाहादुर तितुङ, सदस्यहरु राम बहादुर तामाङ,टंक राज गुरुङ, विदुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मा ममता फाउन्डेसन का अध्यक्ष राम तामाङले आगामी दिनहरुमा पनि मर्सील्याण्ड नेपाल संग सहकार्य गरी कार्यक्रमलाई निरन्तरता दिईने वताउनु भयो ।शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन तामाङले संस्थालाई धन्यवाद दिनुहुदै आगामी दिनहरुमा समेत विद्यालयको अन्य कृयाकलापमा समेत सहयोगको हात अगाडी वढाउनु आग्रह गर्नुभयो।विद्यालयका प्रधानाध्यापक रामकृष्ण गुरुङले यसलाई सानो सहयोग नसोचन आग्रह गनुभयो। कार्यक्रमको संयोजन विष्णु गुरुङले गर्नु भएको हस्तान्तरण समारोहमा अभिभावकहरुको उलेख्य मात्रामा उपस्थिती रहेको थियोे ।