तिमी महापुरुष अनि म वेश्या-(कविता) तारा तमाङ्ग” खुशी”

२०७८ बैशाख १२, आईतवार १२:५० गते २०७८ बैशाख १२, आईतवार १२:५० गते २०७८ बैशाख १२, आईतवार १२:५० गते

प्रिय तिमीले प्रेम गर्यौ
मैले पनि त प्रेम गरेको थिए
तिमीले न्यानो अलिङ्गनमा बाँध्यौ
म पनि त बाँधेको थिए

एक बन्द कोठा भित्र
एक- अर्काकोअङ्ग- प्रत्यङ्ग
सबै सुम्पेको थियौ
मेरो ओठ हाँसो तिम्रो थियो
तिम्रो मुटु भित्र ढुकढुकी मेरो थियो

म खुशी थिए, तिम्रो अलिङ्गनमा
सारा संसार भुलेको थिए
मीठो अनुभूति तिम्रो साथ
अनि म कतै तिमी भित्रै समाएको जस्तै

बाहिरी दुनियाँ हेर्न चाहन्न थिए
जस्ले तिमि – म फरक हो भनोस
र फेरि म भित्र चलेको ढुकढुकी
टुक्रा टुक्रा पारिदियोस

त्यही भएर मैले तिमीलाई
र तिमीले मलाई आफू भित्र
कतै समेटिएर राखेको थिए
कसैले नदेख्ने गरी

लाग्दै थियो बर्षो पुरानो देखि
तिमी मेरो अनि म तिम्रो
तिम्रो अघि सबैकुरा फिका फिका
म केही सुन्न चाहदिन थिए

न तिम्रो जात- पात न घर परिवार
न त रङ्ग- रूप मात्रै तिमी अनि
सधै त्यही मीठो अनुभूती
अनि तिम्रो न्यानो साथ

म भित्र तिमी जस्तै अर्को
नयाँ जीवन हुर्किदै थियो
म कति खुशी थिए
कुमारी आमा बन्दै थिए

आज भन्दा भोलि मेरो रूप रङ्ग
सबै नयाँ आभाष गर्दै थिए
तिम्रो साथ खोज्दै थिए
हाथ समाएर हिड्ने बानी थियो

पर्खे तिमीलाई साँझ बित्यो
रात बित्यो, बिहानी बित्यो
दिन बित्यो तर तिमी आएनौ
निन्द्राले मलाई बिर्स्यो

नजर ढोकामा टिकी रह्यो
हिडेको आवाज सुनी रहे
झसङ्ग हुन्थे र तिमीनै हौं
भनेर आभाष गर्न थाले

तर तिमी हुदैन थियौ मात्रै शुन्यता
आफूलाई बन्द कोठा भित्रै बन्द गरे
न पानी न खाना केही याद आएन
मात्रै तिमीलाई हेर्न पाए हुन्थ्यो

आज भन्दा भोलि म शिथिल भएको थिए
म ओछ्यानलाई सहारा बनाइ सकेको थिए
धेरै दिन बित्दै जाँदा ढोका बन्द देख्यो
घरबेटी आउनु भयो र शुरु भयो

मेरो जीवनको नसोचेको भाग शुरु भयो
मैले प्रष्ट भने म अब म मात्रै थिएन
म भित्र पनि तिमी थियौ
म आमा बन्न चाहन्थे

तर घरबेटीले छर- छिमेकी आफन्त
मेरो कथा सुन्ने सुनाउने क्रम शुरु भयो
घर, ठेगाना बाबा- आमा,सोध्ने शुरु भयो
मेरो ओठ सिलाकै झै थियो

साच्चै म गलत थिए ??? के गलत गरे! किन गरे??
तिमी कहाँ गयौ र किन गयौ, रात भर प्रश्न गरि रहे
मैले त तिमीलाई प्रेम गरेको थिए तिमीले पनि
मेरो घर-परिवार ,समाज सवै त्यागेको थिए।

ठिक छु, मेरो आश ठिक छ र तिमी फर्किन्छौ
भनी रहदा कुन बेला बोल्दा बोल्दा बेहोश भए लडे
थाह छैन होश आउँदा अस्पतालको बेडमा पाए
र अब मेरो शिथिल शरीर मात्रै थियो म थिएन

न त म भित्र फुल्दै गरेको कोपिला थियो
न त म म थिए जिउदो लास थिए म
अँखा ढोकामा जान रोकिएन
आश त तिमी फर्किन्छौ भन्ने थियो

तर जब म वेश्या भएको थाह पाए
तिमी महापुरुष भएछौ है
तिमी र मेरो बीचको यो फरक थाह पाए
त्यही दिन मैले यो शरीर छोड्ने निर्णय गरे।

-तारा तमाङ्ग” खुशी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *