छवि ओझा भन्छन्– राम राम जताततै शिल्पाको अनुहार देख्छुु, अब म विवाह गर्दिनँ

२०७८ बैशाख १३, सोमबार ०९:१५ गते २०७८ बैशाख १३, सोमबार ०९:१५ गते २०७८ बैशाख १३, सोमबार ०९:१५ गते

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको सम्बन्धले पछिल्लो केही दिन यता चलचित्र क्षेत्र तताइरहेको छ । यसको पक्ष विपक्षमा बहस भइरहँदा उनीहरुबीचको दूरी झनै बढ्दै गएको छ । छवि र शिल्पाबीचको तिक्तता अहिलेबाट मात्र नभएर उनीहरु वैवाहिक सम्बन्धमा बाँधिएदेखि नै सुरु भएको निर्माता छवि बताउँछन्।

निर्माता छवि र नायिका शिल्पा २०७३ असार २९ गते वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने उनीहरुले २०७५ पुस १२ गते विवाह दर्ता गरेको देखिन्छ । पछिल्लो केही हप्तायता छवि र शिल्पाको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमको केन्द्रविन्दु बनिरहेको छ । उनीहरुको सम्बन्धबारे खोजी गर्न थाले ।

व्यक्तिगत र घरायसी सम्बन्धलाई छताछुल्ल पार्ने कुनै युट्युभको हातमा उनीहरु परेनन्। तर, रंग पत्रकार प्रकाश सुवेदीले भने यसलाई कभरेज गरे । जसले चलचित्र क्षेत्रमात्रै तताएन, छवि र शिल्पा आ–आफ्नो प्रतिरक्षामा उत्रन बाध्य भए । छवि र शिल्पाबीचको सम्बन्धलाई समाचार बनाएका पत्रकार सुवेदी दुुईवटा टेलिभिजन कार्यक्रम नै निलम्बनमा परेको छ ।

तर, यही बेला पत्रकार ऋषि धमलाले पनि यस विषयलाई प्रस्तुुत गरे । आफ्नो टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा निर्माता छवि ओझालाई ल्याएर शिल्पासँगको विषयलाई धमलाले फेरि उठान गरे । सो क्रममा शिल्पासँग आफूूले विवाह गरेर गल्ती गरेको छविले स्वीकारेका छन्।

उनले आफूूले शिल्पालाई कुनै पनि किसिमको हातपात र यातना नदिएको दाबी गरे । शिल्पा र आफूबीचको सम्बन्धबारे के भएको हो भनेर ससुुरालीबाट बुुझ्ने प्रयाससमेत नभएको छविले गुनासो गरेका छन् । पत्रकार ऋषि धमलाको कडा प्रश्नको सामना गर्दै छवि भन्छन्, ‘शिल्पासँग विवाह गर्नु मेरो गल्ति भयो, विवाह गरेको त थिएँ, त्यसमाथि मैले विवाह दर्ता गर्नु मेरो भूूल भयो। जसको नतिजा आजसम्म पनि भोगिरहेको छु । किनभने कुनै पनि व्यक्तिको छोड्पत्र ४ देखि ५ दिन भित्र हुन्छ। तर मलाई एक डेढ वर्षदेखि शिल्पाले झुलाएर राखेकी छिन्।’

यसैको सन्दर्भमा पत्रकार ऋषि धमलाले रेखा थापाको प्रश्न गर्दा उनले चलचित्रको विषयलाई लिएर रेखासँग झगडा र बोलचाल बन्द भएको र मनमुटाव बढ्दै गएको स्मरण गरेका छन् ।

उनी भन्छन्, ’ हामीले अन्दाज सिनेमाको सुटिङ गर्दा झगडा परेको हो, जसले गर्दा ६ महिनासम्म हाम्रो बोलचाल बन्द भयो, अन्ततः हामीले एक अर्कालाई सम्मान गर्दै, सहमतिमा सम्बन्ध बिच्छेद गरेका हौँ। ’

आफूूलाई अहिले पनि रेखाले गडफादरको रुपमा मान्ने गरेको छवि बताउँछन् । रेखाले भेट हुँदा नमस्कार गर्ने, आदर गर्ने उनी बताउँछन्। यसै सन्दर्भमा उनले भने, ’अहिले फर्केर हेर्दा रेखालाई छोड्नु मेरो गल्ती भयो, तर विगतका कुरालाई सम्झेर अहिले कुनै फाइदा छैन, उहाँ (रेखा)पनि आफ्नो बाटोमा हिँडिसक्नु भयो र अहिले आएर ति कुरा सम्झिनु त्यति उचित हुँदैन।’

फेरि शिल्पा सँगको प्रश्नमा छविले जबदेखि शिल्पालाई विवाह गरे भित्र्याए, सोही बेलादेखि नै उनको जीवन ओरालो झर्न थालेको बताउँछन्। यसबारे प्रस्ट्याउँदै छविले भने, ’मैले २०७३ सालमा शिल्पासँग विवाह गरेँ । तर, त्यो दिन मेरो जिन्दगीको सबैभन्दा ठूूलो भूूल भयो। अझ झन् मैले २०७५ पुस १२ गते विवाह दर्ता गरेँ, अझै म मुर्ख बनेँ, किनभने दर्ता गरेको ६ महिना पश्चात उनले मलाई अड्डा अदालत र प्रहरी परिसरमा तान्न थालिन्। ’

पत्रकार ऋषि धमला र आफु यस क्षेत्रमा लगभग सँगसँगै प्रवेश गरेको र यसबारे ऋषिलाई प्रश्न तेर्स्याउँदै छवि भन्छन्, ’तपाइँ र म (छवि) लगभग सँगै यस क्षेत्रमा प्रवेश गरेका हौँ। तर, तपाइँले मलाई कहिल्यै मुद्दा मामिला वा प्रहरी परिसर धाएको देख्नु भएको छ। तर, आज शिल्पाले गराइन् ।’

शिल्पाले आफुलाई प्रहरी र अड्डा अदालत धाउने गराएकोमा उनले आफ्नो चरित्र हत्या भएको बताउँछन्। वैवाहिक जीवन पटक पटक असफलताको तीतो चाखेका छवि अब भने विवाह नगर्ने बताउँछन् । उनी भन्छन्, ’मैले बुझेँ, मलाई विवाह फाफ्दैन रैछ, गर्लफ्रेन्ड हुँदा एउटा व्यवहार गर्ने, तर त्यहि गर्लफ्रेन्डलाई विवाह गरेर घरमा ल्याएपछि अर्कै व्यवहार देखाउने। यस्तै रैछ, ’राम राम’ अब त म कुनै केटीलाई पनि फर्केर हेर्दिनँ ।

आफ्नो काम चलचित्र बनाउने हो र यसैमा तल्लिन हुने बताउँदै उनले अब कुनै पनि केटीलाई गर्लफ्रेन्ड र पत्नी बनाउने गरी नहेर्ने बताए । फेरि उनी भन्छन्, ’जबदेखि म अड्डा अदालत धाउन थालेँ र मलाई जब शिल्पाले यस्तो गरिन्, अब त राम राम, जुन सुकै महिलाको अनुहारमा म शिल्पाको अनुहार देख्छु र आफै तर्सिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *