इनर्जी ड्रिंक पिउनु अघि एकपटक अवश्य सोच्नुहोस्, यसले मुटु फेल हुन सक्छ
काठमाडौँ। वर्तमान समयमा इनर्जी ड्रिंकलाई यसरी विज्ञापन गरिएको हुन्छ कि जसले गर्दा थुप्रै बालबालिका, किशोर, किशोरीदेखि युवा वर्गसम्म आकर्षित हुने गरेका छन्। यी वस्तुहरुको प्रचार यस्तो हुन्छ कि मानौँ यसले शरीरलाई तुरुन्त ऊर्जावान बनाई उत्साहितसमेत महसुस गराउन सक्ने खालको हुन्छ। यसैकारण सम्पूर्ण लक्षित वर्ग यसप्रति आकर्षित भई यस्ता उत्पादनलाई नियमितरुपमा सेवन गर्ने गर्छन्।
तर, यस्ता पेय पदार्थ अर्थात् इनर्जी ड्रिंक पिउँदा मुटुसम्म फेल हुने खतरा हुने अध्ययनहरुले देखाएका छन्। बीएमजेमा प्रकाशित रिपोर्टको नयाँ अध्ययनका अनुसार नियमित रूपमा इनर्जी ड्रिंक पिउँदा मुटु फेल हुने खतरा हुन्छ।
मुटु फेल हुनु एक दीर्घायु चिकित्सा अवस्था हो, जति बेला मुटुको मांसपेशीले रगत आफ्नो हिसाबमा पम्प गर्न सक्दैन। यो एक यस्तो अवस्था हो, जसले मुटुलाई कमजोर बनाइ यसको रगत पम्प गर्ने क्षमतालाई असर गर्दै शरीरको अन्य अंगलाई सहायता गर्न बाधा पु¥याउँछ। यस्तो अवस्थामा यदि मुटुको समयमा चेकजाँच र उपचार गरिएन भने जीवनलाई नै खतरा पु¥याउँने जटिलता निम्त्याउन सक्छ।
इनर्जी ड्रिंकमा पाइने क्याफिनले मुटु रोगको जोखिम हुन सक्छ
अध्ययनको लागि एक टोलीले २१ वर्षको उमेर भएको एक व्यक्तिलाई उपचार गरेका थिए। उनले नियमित रूपमा करिब दुई बर्षसम्म दैनिक चारवटा क्यान अर्थात् इनर्जी ड्रिंक पिएका थिए । उनले दैनिकरुपमा ४ वटा ५०० एमएलको इनर्जी ड्रिङक पिउँथे। रिपोर्टका अनुसार प्रत्येक इनर्जी ड्रिंकको क्यानमा १६० मिलीग्राम (एमजी) क्याफिन र टौरिन समावेश हुने गरेको उल्लेख छ। जुन एक प्रकारको प्रोटिनका साथ साथै यिनमा अरु सामग्री पनि हुन्छन्।
यद्यपि, सबै इनर्जी ड्रिंकले आफ्नो लेभलमा यस्ता खालका क्याफिन र अन्य सामाग्रीकाबारेमा सूूचिकृत गरेका हुँदैनन्। अध्ययनका अनुसार यस्ता इनर्जी ड्रिंकमा उच्च मात्रामा पाइने क्याफिन तथा अन्य सामाग्रीले मुटुको धड्किन दर बढाउने, उच्च रक्तचाप, अनिन्द्रा, डिहाइड्रेशन, बेचैनी र मुटुको धड्कनलाई अवरोध गर्ने जस्ता साइड इफेक्टहरू देखिन थाल्छन्।
उक्त २१ वर्षीय व्यक्तिमा ४ महिनासम्म सास फेर्न गाह्रो हुने, श्वासप्रश्वास सम्बन्धी रोग, तौल घट्ने जस्ता अनेकौँ समस्याहरु देखिन थालेको अध्ययनले पुष्टि गरेको छ।
त्यसैगरी उनलाई पाचन प्रणालीको समस्या, कम्पन हुने, र मुटुको धड्कनमा गडबडी भई उनलाई आइसीयूूमा भर्ना गरिएको अध्ययनले देखाएको छ। अन्तत : गहन विश्लेषण रगत परीक्षण, स्क्यान, तथा इसीजी पश्चात उनको मुटु र मिर्गौला दुवै असफल भएको पत्ता लागेको अध्ययनले देखाएको छ।
यो एक सानोस्तरको अध्ययन भए पनि अनुसन्धानकर्ताहरुले यसमा थप अध्ययन र प्रमाणहरू आवश्यक रहेको बताएका छन् । यद्यपि, अन्य धेरै अध्ययनहरूले इनर्जी ड्रिंकका विशेषताहरुलाई केलाउँदै मुटु रोगको विकास गरेको र यसले मुटुको जोखिमलाई बढाउने पुष्टि गरेका छन्।