एउटै कक्षाकोठाका कति देरै विद्यार्थी संक्रमित हेर्नुहोस ।

२०७८ बैशाख १४, मंगलवार ०८:०८ गते २०७८ बैशाख १४, मंगलवार ०८:०८ गते २०७८ बैशाख १४, मंगलवार ०८:०८ गते

धनकुटा — धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् ।

यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । ‘उच्च सावधानी कायम गरिएको थियो,’ उनले भने, ‘अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’
पहिलो र दोस्रो वर्षका विद्यार्थीको परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले बताए । त्यहाँ कार्यरत प्रशिक्षक तथा कर्मचारी होम क्वारेन्टाइनमा छन् ।

पोजिटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जनाए । संक्रमितमध्ये ८ जनालाई औद्योगिकग्राम आइसोलेसन सेन्टरमा राखिएको छ । दुई जना धरान र ३ जना घरैमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *