चर्को आलोचना र विवादमा घेरिएपछि केही दिन तनावमा रहेकी नायिका वर्षा राउत मुस्कुराउन खोजिरहेकी छिन् । नायिका वर्षा राउतको पछिल्ला केही दिनका स्टाटस हेर्ने हो भने उनको अनुहारमा मुस्कान फर्किएको छ । हुनत, कलाकार भैसकेपछि विवादमा पर्नु नौलो कुरा होइन । तर, यसपटक वर्षाले भोगेको विवाद र आलोचना अरु भन्दा फरक थियो ।
करिअरमा आजसम्म यति धेरै आलोचना नभोगेकी यी नायिकाका लागि यो घटना अप्रत्याशित नै थियो । तर, कहिलेकाही बोल्ने क्रममा बोली चिप्लदा त्यसले करिअरमै असर पर्छ भन्ने सायद वर्षाले वुझेको हुनुपर्छ । वर्षाको यो घटना अरु कलाकारका लागि पनि ठूलो पाठ हो । नायिका वर्षा लेख्छिन्–‘तपाइले लगाउने कुनै कुरा तपाइको मुस्कान भन्दा महत्वपूर्ण हुँदैन ।’ यसबाट पनि उनी मुस्कानको महत्व वुझाउन खोजिरहेकी छिन् ।
वर्षाले आफूलाई यो समयमा साथ दिने परिवार र आफ्ना श्रीमान् संजोग कोइरालाको साथको पनि प्रशंसा गरेकी छिन् । यतिमात्र होइन, उनले अब उच्च आत्मबलका साथ अगाडि बढ्ने निधो पनि गरेकी छिन् । नायिका राउतका २ चलचित्र ‘२ नम्बरी र के घर के डेरा’ छायांकनको क्रममा छन् । यसपछि, उनले ‘नाई नभन्नु ल ६’मा काम गर्ने चर्चा छ ।