कोरोनाको संख्या बदे पछि नेपालमा एउटै बेडमा ३ जनासम्म बिरामी राखेर उपचार

२०७८ बैशाख १४, मंगलवार ०९:५३ गते २०७८ बैशाख १४, मंगलवार ०९:५३ गते २०७८ बैशाख १४, मंगलवार ०९:५३ गते

वीरगन्ज । कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा फेरि एक महिलाको निधन भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरकी ६० बर्षीया महिलाको सोमबार निधन भएको हो ।

यो सहित वीरगन्ज क्षेत्रमा १२ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको नारायणी अस्पतालले जनाएको छ । शरीरमा हल्का समस्या भएपछि स्वास्थ्य परिक्षण गराउँदा आरटी पिसिआर पोजेटिभ आएपछि उनलाई गएको ३ गते बैशाखमा नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको पिसिआर रिपोर्ट २ गते नै पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए । उनको सोमबार बिहान ९ बजेर ३० मिनेटमा निधन भयो उनले भने ।गम्भिर किसिमको निमोनिया, एआरडीएस, र कार्डियोपल्मोनरी एरेष्ट मृत्युको मुख्य कारण रहेको डा दासले बताए । चिकित्सक र स्वास्थ्यकर्मी मात्र सचेत भएर पुग्दैन

कोरोनालाई हेलचेक्र्याई गर्ने क्रम नरोकिएकोमा स्वास्थ्यकर्मीहरु चिन्तित छन् । ‘चिकित्सक र स्वास्थ्यकर्मीहरु भने बिरामीको अवस्था हेरेर निकै प्रेसरमा छौं ।’ एक चिकित्सकले भने ‘ तर समाज अझै सचेत हुन सकेको छैन ।’ एउटै बेडमा ३ जनासम्म बिरामी राखेर उपचार गराइरहेका नारायणी अस्पतालका चिकित्सकहरुको भनाई छ । यदि सचेत नहुने हो भने अवस्था निकै भयावह हुन सक्ने उनीहरुको भनाई छ ।

नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे ।

सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा.नीरज सिंहले बताए । सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २/३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ ।’

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु प-यो ।’ डा. सिंहले भने ।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याइएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ । वीरगन्जमा अहिलेसम्म ५० जना संक्रमित अस्पतालमा नै भर्ना गरी उपचार गराइरहेका छन् । जसमा १३ जना भने नीजि अस्पताल नारायणी बयोधा र ४१ जना नारायणी अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तबले बताए । राजधानी दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *