दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

२०७८ बैशाख १४, मंगलवार २१:०९ गते २०७८ बैशाख १४, मंगलवार २१:०९ गते २०७८ बैशाख १४, मंगलवार २१:०९ गते

दमौली : दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खस्दा अरु १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था अति चिन्ताजनक रहेकामा दमौली अस्पतालमा ज्यान गाएको प्रहरी स्रोतले बताएको छ । अन्दाजी २८ वर्षीया ती महिलाको नाम ठेगाना खुलिसकेको छैन।

घाइते चारको रत्नहरी र बाँकीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केहीलाई पोखरा पठाइएको छ । घटनास्थल पुगेका एक प्रहरीका अनुसार जीप भीरबाट करिब एक सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *