जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नयाँ सूचना जारी गरेको छ ।

२०७८ बैशाख १४, मंगलवार २१:१९ गते २०७८ बैशाख १४, मंगलवार २१:१९ गते २०७८ बैशाख १४, मंगलवार २१:१९ गते

बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नयाँ सूचना जारी गरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने उल्लेख गरेको छ ।

सोमबारको सूचनामा १० बजेदेखि ५ बजेसम्म डिपार्टमेन्ट स्टोरको ग्रोसरी सञ्चालन हुने उल्लेख थियो । अन्य खाद्य पसल र डिपार्टमेन्ट स्टोरलाई फरकफरक नियम भएपछि संशोधन भएको हो ।

विवाह, व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुईवटासम्म सवारी प्रयोग गर्न अनुमति दिएको छ । तर, पार्टी प्यालेस प्रयोग गर्न भने जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *