सामाजिक सन्जालमा अफवाह फैलाएको आरोपमा संचारकर्मी रविन्द्र गौतम पक्राउ

२०७८ बैशाख १४, मंगलवार २२:३५ गते २०७८ बैशाख १४, मंगलवार २२:३५ गते २०७८ बैशाख १४, मंगलवार २२:३५ गते

बारा:- सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडाबाट एक जनालाइ पक्राउ गरि वारा लगेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने ३० बर्षका रवीन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले मंगलबार हेटौंडाबाट नियन्त्रणमा लिएको हो ।

रवीन्द्रले भ्रामक खबर फैलाएर सामाजिक शान्ति सुव्यवस्थामा खलल पु¥याएको दावी प्रहरीले गरेको छ । उनी हेटौडाको सरोवर एफएममा कार्यरत थिए भने एक अनलाइनका संचालक पनि हुन् । यस अगाडि जिल्ला प्रहरी कार्यालयमा सामान्य छलफल हुदा स्टाटस हटाउन प्रहरीले दवाव दिएको थियो ।सो कार्य गर्न नमान्दा उनलाइ पक्राउ गरि सिमरा लगिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएका कारण नियन्त्रणमा लिएको वाराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘जितपुरमा १ जना र सिमरामा २ जनामा पनि संक्रमण देखिएको भन्ने कुरा आयो । अझै सतर्कता अपनाउन जरुरी’ भन्ने स्टाटस लेखेका थिए । सो स्टाटस पछि वारा सिमरा क्षेत्रका स्थानीय वासिन्दा त्रसित भइ प्रहरीलाइ खवर गरेका थिए ।

मंगलबार नै गौतमलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बारामा पेश गरेको छ । अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको डीएसपी पुरीले बताए ।

हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले पछिल्लो समय बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् थिए । स्मरणीय छ हेटौडामा वाग्मती खवर तथा बागमती खवरडटकम छुट्टा छुट्टै संचालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *