काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेर काठमाडौं उपत्यकामा मात्र दैनिक दुई हजारको हाराहारीमा संक्रमित हुन थालेपछि सरकारले विहीबारदेखि निषेधज्ञा जारी गर्दैछ । निषेधाज्ञाले संक्रमणको जोखिम कम हुने अपेक्षा गरिएपनि संक्रमण व्यवस्थापनमा कम चुनौती छैन ।
हवाई उडान चालूनै रहे संक्रमणको जोखिम अझ बढ्ने स्वास्थ्य विज्ञको भनाइ छ । निजी तथा सार्वजनिक यातायातका सवारी साधन बन्द गर्ने निर्णय गरेको सरकारले आन्तरिक हवाई उडान भने सुरक्षा मापदण्ड पालन गर्दै सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् अहिले दैनिक करिब ११ हजार यात्रु आवात–जावत गरिरहेको छन् । मंगलबार न्यूज२४ को टोली विमानस्थल पुग्दा विमानस्थलमा आवत–जावत गर्नेको भीड उस्तै थियो, भौतिक दूरी कायम गरिएको थिएन ।
अत्याधिक संक्रमण फैलिएको र कोरोनाको हटस्पट बनेका जिल्लाबाट समेत मानिसहरु आवत–जावत गरिरहेका थिए । यात्रुलाई विमानस्थलमा रहेको हेल्थ डेस्कको निगरानी गर्ने भनिएपनि आन्तरिक उडानबाट आउने यात्रुको खासै निगारानी गरिएको पाइएन ।
निषेधाज्ञा जारी रहेको नेपालगञ्जबाट समेत दैनिक ५ सय भन्दा बढी यात्रु हवाई उडानबाट काठमाडौं आइरेका छन् । त्रिभुवन विमानस्थलले जनस्वास्थ्यमा मापदण्ड अपनाएरै सेवा दिरहेको दाबी गरेको छ ।
यो त भयो, निषेधाज्ञा अघिको कुरा । निषेधाज्ञा जारी भएपछि विना सवारी साधन यात्रु विमानस्थल सम्म कसरी पुग्ने र विमानस्थलकै ५ हजार कर्मचारी पनि सबैलाई कार्यलय आउने व्यवस्थापन गर्न भन्ने चुनौती देखिएको छ ।
तर, निषेधज्ञामा विमानस्थलसम्म यात्रु कसरी पुग्ने र विमानस्थलकै ५ हजार कर्मचारी पनि सबैलाई कार्यालय आउने व्यस्थापन कसारी गर्ने भन्ने चुनौतीे देखिएको छ ।
काठमाडौं जिल्ला प्रसासन कार्यालयले भने हवाई टिकट भएका यात्रुलाई विमानस्थलसम्म जान रोकतोक नहुने जनाएको छ । साथै निषेधज्ञामा पनि अत्यावश्यक काममा निस्किएका मानिसलाई सहजीकरण गरिने जनाएको छ ।
उपत्यकामा संक्रमण अत्यधिक बढ्दा स्थानीय तह भने निषेधज्ञाको निर्णयले मात्रै संक्रमण रोकिने आसमा बसेको देखिन्छ । उपत्यकामा आइसोलेसन संख्या ८ सय मात्रै रहेको छ । उपत्यकामा ६ सय ३० आईसीयू शैंया छन् र ४ सय भेन्टिलेटर छन् ।
तर, संक्रमणको ग्राफलाई धान्न यो पर्याप्त छैन । जिल्ला प्रसासनसमेत अबको व्यस्थापनको बारेमा निरीह देखिन्छ । आइसोलेसनको अभावमा कतिपय संक्रमित परिवारसँगै बस्न बाध्य छन् ।