२४ घण्टामा र्यापर भिटेनको नयाँ म्युजिक भिडियो युट्युबको ट्रेन्डिङमा

२०७८ बैशाख १५, बुधबार ०७:४९ गते २०७८ बैशाख १५, बुधबार ०७:४९ गते २०७८ बैशाख १५, बुधबार ०७:४९ गते

सार्वजनिक भएको २४ घण्टामा र्यापर भिटेनको नयाँ म्युजिक भिडियो युट्युबको ट्रेन्डिङमा परेको छ l म्युजिक भिडियो “क्रिम्नल” ले युट्युबको तेश्रो स्थान ओगटेको छ भने हाल सम्म नौ लाख २२ हजार दुई सय एकान् नब्बे जना दर्शकले हेरी सकेका छन् l एक लाख अठार हजार लाइक र चार हजार आठ सय डिसलाइक रहेको भिडियोको कमेन्टमा दर्शकले सकारत्मक प्रतीकृया दिएका छन् l

भिटेनकै निर्देशन शब्द,कम्पोज र कन्सेप्टमा तयार पारिएको भिडियोलाई जेनिश महर्जनले सम्पादन गरेका हुन् l एक सय एक क्यापिटलको लय सिर्जना रहेको भिडियोमा लगानी बबी बिट्जको रहेको छ l गीतको मिक्सिङ मास्टरिङ् अीजीकोले गरेका हुन् l भिडियोलाई भिटेनकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरीएको हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *