काठमाडौं । पर्यटन व्यवसायी अच्युत गुरुङले लकडाउनका कारण जर्यटन व्यवसायमा ठूलो समस्या परेको बताएका छन् । उनले पछिल्लो समयमा अलिकति सुधार हुँदै आएको व्यवसायमा थप संकट परेको उनको भनाई छ ।,काठमाडौंको ठमेलमा रेस्टुरेन्ट,Alchemy pizzeria ,Himalayan trailfinder नगरकोटमा होटल चलाउँदै आएका उनले लकडाउनका कारण संकटमा परेको व्यवसायीलाई सरकारले राहत उपलब्ध गराउने भने पनि कार्यान्वयन नभएकोमा पनि दुखेसो गरेका छन् ।
‘सरकारले गर्दिन त केही भनेको छैन तर परिणाममा मात्र देखिएको छैन, कि त व्यवसाय बन्द गर्नुपरो हामीले कि त अरु नै विकल्प खोज्नुपर्ने भएको छ’ लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका उनले भने ‘राजनीतिक पहुँच भएकाले र माथिसम्म ‘सेटिङ’ मिलाउन जान्नेले केही पाए होला तर हाम्रो बिजोग भएको छ ।’ उनले पर्यटनका लागि गर्छु भन्ने संघसंस्थाहरु पनि यो बेलामा जिम्मेवार नभएको पनि आरोप लगाए । ठमेलमा आर्टमाण्डु गाडेन कयाफे चलाउँदै आएका उनले भूकम्पपछि संकटमा परेको पर्यटन व्यवसाय माथि उठ्न नसकेको स्पष्ट पारे । उनले पर्यटकका लागि आकर्षक प्याकेज पनि दिन नसकिएको र सरकारले त्यसतर्फ योजना पनि ल्याउन नसकेको उनको बुझाई छ ।
‘केही हामीमा पनि समस्या छ, पर्यटक भन्नेबित्तिकै ठग्न पाइन्छ भन्ने सोच्नु गलत हो ’ उनले थपे ‘ पर्यटकलाई हामीले नयाँ कुरा दिएर उनीहरुको चित्त बुझाएर आम्दानी गर्ने हो तर देख्नेबित्तिकै झम्टिहाल्ने प्रथा गलत छ ।’पर्यटनको सिलसिलामा विभिन्न देश घुमेर त्यहाँको अनुभव पनि संगालेका उनले यो क्षेत्रको सुधारका लागि सरकारले प्रष्ट नीति ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । ‘नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्न सरकारले सकेको छैन, हामीजस्तो जानेका र बुझेकालाई काम गर्न दिए पनि बरु केही गरेर देखाउँथ्यौं’ उनले भने ‘हामीसँग भएको बुद्धि, स्रोत र साधनलाई सही प्रयोग गरेको खण्डमा पनि पर्यटनमा परिवर्तन गर्न सकिन्छ तर त्यस्तो सोच देखिएन ।’उनले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिनुपर्ने बताएका छन् । उनले वर्तमान समस्याको समाधानका लागि सरकार र सरोकारवाला पक्षबीच सम्वाद र सहकार्य गर्नुपर्ने खाँचो औल्याएका छन् ।