राष्ट्रिय दुग्ध विकास बोर्डको ३० औं स्थापनाको दिवस सम्पन्न

२०७८ बैशाख १८, शनिबार ०९:०२ गते २०७८ बैशाख १८, शनिबार ०९:०२ गते २०७८ बैशाख १८, शनिबार ०९:०२ गते

काठमाडौँ, १७ बैशाख । राष्ट्रिय दुग्ध विकास बोर्डले आफ्नो स्थापनाको ३० औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार (हिजो) स्थापना दिवस मनाउने क्रममा दुग्ध क्षेत्रका सबै सरोकारवालाहरु सरकारी, सहकारी, नीजि दुग्ध व्यवसायी माझ भर्चुअलको माध्यमबाट मनाइएको हो ।‘नियमित दुध तथा दुग्ध पदार्थ सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरौँ’ भन्ने नारा बोर्डको ३० औं स्थापना दिवसमा तय गरिएको थियो । कोरोनाको दोस्रो लहरका कारण बोर्डले भर्चुअल माध्यमबाट स्थापना दिवस मनाएको हो ।

राष्ट्रिय दुग्ध बिकास बोर्ड्को विशेष पहलम अदुग्धजन्य उत्पादनको आत्मनिर्भरता घोषणा तथा लोगोको प्रयोगका लागि केही साता अघि प्रधानमन्त्रीले एक कार्यक्रम माझ नेपाल पशुपन्छीजन्य उत्पादनका लागि आत्मनिर्भर भएको घोषणा गरेका थिए । जसमा दुध, दुधजन्य सामाग्री अझ विशेष गरी धुलो दुधमा आत्मनिर्भर भएको विषयलाई उठान गरिएको थियो । त्यस्तै, कोरोनाकालमा भोग्दै आएको समस्याबाट सिक्दै विश्वमै पहिलोपटक दुग्धजन्य पर्दाथमा लोगो प्रयोग गर्ने देश नेपाल भएको छ ।

त्यस्तै, नेपालमा उत्पादित बटरको निर्यात जापानमा हुन थालिसकेको पनि बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताए । कोरोनाकालमै यस प्रकारका प्राप्ति आफैँमा सुखद् रहेको उनले बताए ।नेपालको कुल ग्राहस्थ उत्पादनमा लाइभस्टक अन्तरगत दुध तथा दुग्धजन्य उत्पादन आत्मनिर्भर रहेको जानकारी राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताए । नेपालमा हाल कुल ग्राहस्थ उत्पादनमा लाइभस्टकको करिब १२ प्रतिशत योगदान रहेको छ । जसमा, नौ प्रतिशत कुल ग्राहस्थ उत्पादनको हिस्सा डेरी क्षेत्रले मात्र ओगटेको छ ।

पशुपालन व्यवसायले ओगटेको तथ्यांकलाई मुल्यांकन गर्दा ग्रामिण क्षेत्रको प्रमुख आय श्रोतको रुपमा पशुपालन व्यवसाय देखिन्छ । वर्तमान समयमा, हरेक मानिस आफ्नो स्वास्थ प्रति चनाखो हुँदै गएको क्रममा मांसाहारीबाट शाकाहारी आहारातर्फ लम्किएका छन् । त्यसमा पनि दुधलाई विश्वभर नै पूर्ण पौष्टिक आहार अर्थात ‘कम्पिलिट फुड’ सम्पुर्ण पोषण भएको आहाराको रुपमा मानिन्छ ।कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डले हालसम्म गरेका केही उल्लेखनीय कार्यहरू बोर्डका उप कार्यकारी निर्देशक बाबुकाजी पन्तले प्रस्तुत गरेका थिए । केही बुदागत रुपमा बोर्डले गर्दै गरेका महत्वपुर्ण कार्यहरू :

  • १, किसानका समस्याहरुको पहिचान गर्दै किसानलाई नाफा मुखि बनाउन र दूध उत्पादन लागत घटाउन प्रयास गर्दै उचित मूल्य प्राप्तिको लागि अध्ययन गरिएको ।
  • २, डेरी उद्योगी र किसान दुवैको भलाईकालागि विभिन्न अध्ययनमध्ये : Study in situation analysis Nepalese marketing intelligent in Dairy sector. को थालनी गरिएको ।
  • ३, स्थानिय तहमा दूध संकलन तथा प्रशोधन केन्द्रको नमुना तयार गर्ने सम्वन्धमा अध्ययन ।
  • ४, दुधको मूल्य श्रृंखलाका लागि सरोकारवालाहरुको डाटा वेस तयार पार्ने ।
  • ५, औपचारिक-अनौपचारिक माध्यामबाट संकलन खपत दुध तथा दुग्ध पदार्थको अध्ययन गरि अनौपचारिक रुपमा रहेका डेरीहरुलाई औपचारिक रुपमा ल्याउन अध्ययन गरिएको।
  • ६, National Dairy Training Research Institute (NDTRI) स्थापनाकालागि सम्भाव्यता अध्ययन भइरहेको
  • ७, Study in The conversion cost milk to SMP अध्ययन गरिएको ।
  • ८. नो रिटनको शुरूवात गरि दुधको गुणस्तर सुधारमा सहयोग पुर्याइएको ।

धेरै राम्रा राम्रा कार्यक्रमहरु गर्न खोजे पनि कोभिडको कारण गर्न नसकिएको र आज स्थापना दिवस पनि परिस्थितिले गर्दा यसरी भर्चुअल गर्नु परेको कुरा कार्यकारी निर्देशक यादबले सबैमाझ जाहेर गरे ।कार्यक्रममा विभिन्न आमन्त्रित सरोकारवाला ब्यक्तिहरुले आ-आफ्नो बिचार सहित शुभकामना ब्यक्त गरेका थिए । राष्ट्रिय दुग्घ विकास बोर्डका निर्देशक बालक चौधरीले ३० औ स्थापना दिवसको अवसरमा सम्पुर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका थिए । हालसम्म १५ जना कार्यकारी निर्दैशक बोर्डमा सक्रिय रहेका थिए । राष्ट्रिय दुध विकास बोर्डका उप-कार्यकारी निर्देशक बाबुकाजी पन्तले स्थापनाकालदेखि हालसम्मका प्रगति विवरण प्रस्तुत गरेका थिए । साथै, दुध उत्पादनमा आत्मनिर्भरता कै लागि अनुदानमा विशेष गाईभैंसी फार्म कार्यक्रम संचालन गरेको जानकारी पनि उनले दिए ।

कार्यक्रमका नेपाल डेरी साइन्स एसोसिएसनका अध्यक्ष टेक बहादुर थापाले दुध ढुवानीमा लोगोको प्रयोग तथा डेरी डायरी प्रकाशनको कामको सरहाना गरेका थिए । उनले नेपालमा हाल दुध गुणस्तरको मापन ३ प्रतिशतको फ्याट र ८ एस. यान.याफबाट हुँदै आएकोमा अन्तराष्ट्रिय बजार अनुसार अनुकुलता हेरि यसलाई केहि प्रतिशत बढाउनु पर्नेमा जोड दिएका थिए ।त्यस्तै, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले भने, दुग्ध क्षेत्रमा ‘स्वेत क्रान्ति’ भएको जनाए । जसमा आफ्नो पनि केही भुमिका रहँदा खुशी व्यक्त गरेका थिए । कोरोनाकालमा पनि बोर्डले गरेका केही उल्लेखनीय प्रगतिको उनले प्रशंसा गरेका छन् ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीका अनुसार कोरोनाकालको पहिलो चरणदेखि दोस्रोचरणसम्म आउँदा डेरी क्षेत्रमा ठुलो नोक्सानी व्यवसायीले भोग्नु परेको छ । धुलो दुधको स्टकलाई व्यवस्थापनमा राजभण्डारीले बोर्डको ध्यानाकर्षण गरेका थिए।कार्यक्रममा दुध विकास संस्थानको महाप्रबन्धक रुद्र प्रसाद पौडेलले सम्पुर्ण कार्यक्रमका लागि धन्यवाद तथा शुभकामना दिएका थिए । समस्या रहन्छन् त्यसका समाधान पनि सरोकारवालाको मिलेमतोमा मात्र सम्भव हुने उनको भनाइ थियो ।

यसका साथै, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले किसान र दुग्ध उद्योगीको मर्कालाई बोर्डले केन्द्रित गर्दै कोरोनाका पहिलो लहरमा थलिएको दुग्ध व्यवसायी तथा किसानलाई राहत प्रदान गर्ने आग्रह गरे ।बोर्ड कै सदस्य सन्तु कुमार गिरीले भने दुग्ध क्षेत्र वृहत क्षेत्र भएको र ठुलो क्षेत्र हुने समस्या सामान्य किसानदेखि व्यवसायीमा बोर्डले आवश्यक कदम चाल्ने बताए । डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले बोर्ड स्थापनाको ३० वर्षसम्म आईपुग्दा सकारात्मक काम जे जति भए ती कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । त्यस्तै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले पहिलो चरणको कोरोनाकालमा दुध स्टकमा रहेर धुलो दुध बनाउनु पर्ने अवस्था थियो । दोस्रो लहरले तंग्रिन लागेको दुग्ध व्यवसायलाई थला पारेको उनको भनाइ छ । यस कारण पनि व्यवसायीलाई सर्वसुलभ ब्याजदरमा कर्जा दिए किसानलाई पनि व्यवसायीले समयमा नै रकम भुक्तानी गर्न सक्ने धारणा उनले राखे । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल, संघ र एसोसिएसनका केन्द्रिय पदाधिकारीहरु, दुग्ध विकास संस्थानका पुर्व महाप्रबन्धकहरु र अन्य धेरै सरोकारवालाहरुको सहभागी रहेको थियो ।

दुुध तथा दुधजन्य वस्तुको खपतलाई हेर्दा वर्षमा प्रति व्यक्ति ९१ लिटर दूध खपत हुने विश्व मान्यता छ । नेपालमा पनि त्यसको हाराहारीमा दूध उत्पादन हुने क्रममा छ । सरकारले दूध उत्पादन अनुदानको व्यवस्था गरेपछि धेरै किसानहरु दूध उत्पादनमा अग्रसर हुँदै आएको जानकारी कार्यकारी निर्देशक यादवले कार्यक्रममा दिए ।कृषि प्रधान देश भएका नाताले पनि यहाँका करिब ६५ प्रतिशत मानिसहरू कृषि पेशामा निर्भर रहेको पाईन्छ । कृषि पेशाको आधार स्तम्भ भनेकै पशुपालन हो । परापुर्वक कालदेखि नै कृषकहरुका घर गोठमा पशुपंक्षीहरु पलिदै आएको भएतापनि तिनिहरुको पालनपोषणमा परम्परागत प्रणाली नै कायम रहेको पाईन्छ ।

समय परिवर्तनसंगै जनसंख्या वृद्धि र चेतनामा आएको विकासले गर्दा पशुपालन पेशामा पनि समय सापेक्ष रुपमा परिवर्तन हुँदै आएको पाईन्छ । हाल आएर नेपालमा पनि अन्य मुलुक सरह नै व्यवसायिक रुपमा पशुपालन हुँदै आईरहेको कुरा सबैमा सर्वविदितै छ ।पहिलेका समयमा दुध दहि जस्ता खाद्य पेय पदार्थहरु बिक्री गर्न हुँदैन र यदि यस्तो कार्य गरेमा पाप लाग्छ भन्ने मान्यताबाट आजको अवस्थासम्म आईपुग्दा कायम हुँदै आएका मुल्य मान्यतामा आकाश जमिनको भिन्नता पाईन्छ ।नेपालमा विभिन्न क्षेत्रमा साना ठूला डेरी उद्योगहरुले आ–आफनो क्षमता अनुसार दूध संकलन गरि प्रशोधन अनि कतिले नगरी बिक्री वितरण गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *