काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७५८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७५७८ सहित कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा १७७५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,४१७ पुगेको छ।