शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

२०७८ बैशाख २१, मंगलवार १९:३९ गते २०७८ बैशाख २१, मंगलवार १९:३९ गते २०७८ बैशाख २१, मंगलवार १९:३९ गते

बैतडी । बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स्थानीय जितसिंह भण्डारी, हिक्मत भण्डारी, डम्मरसिंह भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

वडा सदस्य भण्डारीको शव बोकेर जिल्ला सदरमुकाम जाँदै गरेको से १ ज १८३ नम्बर जिप पञ्चेश्वर ६ को गणमेश्वर मोडको सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा सो हताहती भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *