देउवाद्रारा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार

२०७८ बैशाख २२, बुधबार १९:०१ गते २०७८ बैशाख २२, बुधबार १९:०१ गते २०७८ बैशाख २२, बुधबार १९:०१ गते

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।

यो पनि…
५ तस्बिरमा हेर्नुहोस् ओली–देउवाबीचको छलफल
ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको उनको भनाइ छ ।

महतका अनुसार प्रधानमन्त्री ओलीले लोकतन्त्र र वर्तमान व्यवस्थाप्रति छु भने पनि सोही अनुसार व्यवहारमा पनि आउन काँग्रेस नेताहरुले सुझाएका थिए । लोकतन्त्र र लोकतान्त्रिक संस्था मजबुत पार्ने कुरामा काँग्रेस सधैं तयार रहेको कुरा ओलीको टोलीसँग राखेको महतको भनाइ छ ।

यो पनि…
विपक्षी गठबन्धनका चार नेताबीच गोप्य भेटवार्ता
ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *