रुपन्देहीमा ७९७ जना कोरोना संक्रमित थपिए,भुइँमा राखेर उपचार

२०७८ बैशाख २२, बुधबार १९:३३ गते २०७८ बैशाख २२, बुधबार १९:३३ गते २०७८ बैशाख २२, बुधबार १९:३३ गते

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले बुधबार दिउँसो साढे चार बजे प्रकाशित गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा योसहित कुल मृतकको संख्या २ सय २० पुगेको छ । त्यस्तै कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ । त्यसमध्ये ९ हजार ८ सय ७० जनाले कोरोना जितेका छन । त्यस्तै सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ जना रहेको छ भने होम आईसोलेशनमा बस्नेको संख्या ४ हजार ५ सय १९ जना रहेको छ ।

अहिलेसम्म बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बुटवल उपमहानगरपालिकामा १ सय ४६ जना महिला र १ सय ८६ जना पुरुष सहित संक्रमित हुनेको संख्या ३ सय ३२ पुगेको छ । दुईवटा गाउँपालिकाबाहेक रुपन्देहीका सबै पालिकाहरुमा कोरोना फैलिएको छ ।

यता, लुम्बिनी प्रादेशिक अस्पतालमा बेलैमा अक्सिजन नपाएर आज विहान दुई जना महिलाको मृत्यु भएको मृतकका परिवारजनको गुनासो छ । त्यस्तै भैरहवाको भीम अस्पतालमा पनि बिरामीहरु बेड नपाएर समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *