२२ वैशाख, काठमाडौं । अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएकी बाँकेकी एक महिलाको मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ की ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन र कोभिडको शंकास्पद बिरामीलाई सेवा दिन असमर्थ रहेको सूचना टाँसेको थियो ।
उपचार पाउने झिनो आशामा आफन्तले उनलाई दुई घण्टासम्म अस्पताल प्रांगणमै राखे । बिरामी भर्ना गरिदिन आग्रह गरे ।