काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत लप्सिफेदी र चाँगुनारायण सवस्टेसन निर्माण समयमा सम्पन्न नगर्ने चिनियाँ ठेकेदार कालोसूचीमा परेको छ । सिनोस्टील एमइसीसी-झाओवेइ जेभीलाई खरिद अनुगमन कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको हो ।सवस्टेसन निर्माणपछि माथिल्लो तामाकोशीको विद्युत् काठमाडौं उपत्यकामा प्रसारण गर्न सकिन्छ । तर, सम्झौताअनुसार काम नगरेपछि विद्युत् प्राधिकरणले गत फेब्रुअरीमा ठेक्का तोडेको थियो ।
स्वास्थ्य चौकी भवन निर्माण अलपत्र पार्ने दोलखा चरीकोटको शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । कौशिकी इन्फोसिस इन्टरनेसनललाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।गोरखाको अधिकारी निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । श्यामबाबु ओम मित्र जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कार्की सप्लायर्स, बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा प्रालि र बेलका कन्स्ट्रक्सन कम्पनी प्रालिलाई १ वर्षका लागि कालोसूचीमा छ । उदयपुरको राम्चे सिद्ध निर्माण सेवा प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ ।