निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

२०७८ बैशाख २३, बिहीबार १७:५६ गते २०७८ बैशाख २३, बिहीबार १७:५६ गते २०७८ बैशाख २३, बिहीबार १७:५६ गते

नायक तथा मोडल पल शाहाले अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । कोरोना दोश्रो लहरका कारण अक्सिजन अभाव हुन थाले पछि शाहाले `हाम्रो टिम नेपाल´सँग सहकार्य गर्दै यो अभियान सुरु गरेका हुन् । अक्सिजन नपाएर कुनै पनि नेपालीहरूले ज्यान गुमाउन नपरोस् भन्दै केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर उनले अस्पताललाई निःशुल्क वितरण गरेका छन् ।
गत बुधवार भक्तपुर अस्पतालमा उपचार गराइरहेका कोभिडका बिरामीलाई अक्सिजनसहितको सिलिन्डर वितरण गरेका थिए । गतबर्षको लकडाउनको समयमा पनि पलले चलचित्र प्राविधिकहरूलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए । पलले हाम्रो टिम नेपाललाई अक्सिजन सिलिन्डर खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *