कोरोनाको दोस्श्रो लहरका कारण यती बेला अक्सिजनको चर्को अभाव देखिएको छ l बाच्ने अवस्था हुँदा हुँदै पनि कोभिड बिरामीहरूले अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन बाध्य बनी रहेका छन् l यस्तो अवस्थामा नेपाली कलाकारहरूले पनि सहयोगी हात अगाडि ल्याउन थालेका छन् ।
यसैक्रममा, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान् विजयन्द्र सिंह रावतले पनि अक्सिजनका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्दै सहयोगी हातलाई अघि बढाएका छन् l हाम्रो टिम नेपाललाई यी जोडीले रु ५० हजार रुपैयाँ सहयोग गरेका छन् l केही दीन यता देखी अभिनेता तथा मोडेल पल शाहले हाम्रो टिम नेपाललाई पनि अक्सिजनका सिलिन्डर संकलनमा सहयोग पुर्याउदै रु दुई लाख रुपैयाँ सहयोग गरेका थिए l साथै यही टिम सँग लागेर आँफैनै फिल्डमा पनि खटिरहेका छन् ।
