गत बिहीबार वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानले वसुन्धरास्थित न्युरो अस्पतालमा अन्तिम सास फेरे l उपचारको क्रममा निधन भएका प्रधानलाई सम्झेर गायक तथा कलाकारहरूले उनको सम्झना गर्दै सामाजिक सन्जाल श्रद्धाञ्जली अर्पण गरे l वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले पनि उनलाई सम्झँदै एक भावुक स्ट्याटस लेखेका छन् l मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी । मनमा मानवता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान् भएको गायक तिमी । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झेको छु ।’ हाल कलाकार श्रेष्ठ कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका छन् l
प्रेमध्वज प्रधानलाई सम्झँदै मदनकृष्ण श्रेष्ठले लेखे भावुक स्टाटस
२०७८ बैशाख २४, शुक्रबार २०:४० गते २०७८ बैशाख २४, शुक्रबार २०:४० गते २०७८ बैशाख २४, शुक्रबार २०:४० गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते