महानायक राजेश हमालले भने, अब हामी २ बाट ३ हुँदैछौँ’
काठमाडौँ। नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् ।नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।
यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।
थप समाचार –नेपाली चर्चित हाँस्यकलाकार केदार घिमिरे अर्थात माग्ने बुढाको आज जन्मदिन परेको छ । २०३२ साल चैत २८ गते शुक्रबार जन्मेका उनलाई बिहानैदेखि आफन्त र शुभेच्छुकहरुले शुभकामना दिइरहेका छन् । उनले हिजो आजका कुरा, गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै सहित आधा दर्जन बढी चलचित्रमा पनि काम गरिसकेका छन् ।
त्यस्तै, निर्माता, निर्देशक तथा अभिनेता दीपकराज गिरीले सम्बन्धको १० वर्ष भइसकेको र माया झन् झन् गाडा हुँदै गएको उल्लेख गरेका छन् । मकवानपुरमा जन्मेका हाँस्यकलाकार केदार घिमिरेलाई धुर्मुसले साथी तथा अविभावक भन्दै जन्मदिनको शुभकामना दिएका छन् । मेरी बास्सै’ नामक टेलिसिरियलबाट लोकप्रिय बनेका हेटौंडाका स्थानिय बासिन्दा रहेका
‘माग्ने बुढा’को संघर्ष लोभलाग्दो छ । वि सं २०५० सालमा एसएलसी परिक्षा पास गरेका उनि पछिल्लो समय टेलिसिरियलका अलावा ठूलो पर्दामा पनि छपक्कै छाउन सफल भएका छन् । २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा, गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै सहित आधा दर्जन बढी चलचित्रमा पनि काम गरिसकेका छन् । उनले अभिनय गरेका छक्का पञ्जाका सिरिजहरु र रामकहानी चलचित्रले राम्रो लोकप्रियता कमाउन सफल भएका छन् ।