बेलायतले नेपालाई राख्यो ‘रेड जोन’मा

२०७८ बैशाख २६, आईतवार १२:०९ गते २०७८ बैशाख २६, आईतवार १२:०९ गते २०७८ बैशाख २६, आईतवार १२:०९ गते

काठमाडौं, २६ वैशाख : बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखिएको घोषणा गरेका छन् ।कोभिड–१९ को नयाँ भेरियन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई रेड जोनमा राख्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बीबीसीका अनुसार विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नियम मे १७ तारिखदेखि लागू हुनेछ ।यात्रा प्रतिबन्धमा बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुनेछ । आइरिस र बेलायती नागरिकले भने १० दिन क्वारेन्टिनमा बस्ने गरी यात्रा गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *