दिपक मनाङेको मन्त्री पद खु’स्कियो,,,

२०७८ बैशाख २६, आईतवार २१:०८ गते २०७८ बैशाख २६, आईतवार २१:०८ गते २०७८ बैशाख २६, आईतवार २१:०८ गते

दिपक मनाङेको मन्त्री पद खु’स्कियो,,,
कास्की – १० दिनअघि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे)को मन्त्री पद खु’स्किएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजी’नामा दिएसँगै मनाङेको पद खुस्किएको हो।

उनी १० अगाडि मन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए। मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन्।

यो पनि,,;ओलीको विकल्प खोज्ने प्रयास जारी छ : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै देउवाले ओलीलाई विश्वासको मतमा असफल बनाएर कांग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि प्रयास भइरहेको बताएका हुन् ।

‘ओलीलाई विश्वासको मतमा असफल बनाउने हो, ओलीको विकल्प खोज्ने नै हो, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय नै त्यही छ,’ देउवाले भनेका छन् । देउवाले विश्वासको मतमा ओलीलाई असफल बनाइसकेपछिको अवस्थाबारे कानुनविद् र शीर्ष नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

देउवाले ओली नेतृत्वको सरकारले सम्पूर्ण संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेकाले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् । यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन अन्य दलहरूलाई समेत आह्वान गरेको छ ।

कांग्रेसकी सचेतक पुष्पा भुषालले बैठकले विश्वासको मतमा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न आह्वान गर्ने तथा आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले सरकारले संसदलाई छलेर असं’वैधानिक रुपमा अध्यादेशहरू जारी गरेको भन्दै आपत्ति जनाएको छ । असंवैधानिक रुपमा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम बोलाइएको आइतबारको परिषद् बैठकमा सहभागी नहुने निर्णय गरेको भुषालले बताइन् ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र सं’क्र’मितको उपचारका विषयमा समेत छलफल भएको छ । कांग्रेसले सरकारले जनताको स्वास्थ्यमाथि खेल’वाड गरेको भन्दै आपत्ति जनाएको छ । नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *