महामारीले हल बन्द, फिल्म कहाँ देखाउने ? ओटिटीमा हुँदैन ?

२०७८ बैशाख २७, सोमबार ०६:५८ गते २०७८ बैशाख २७, सोमबार ०६:५८ गते २०७८ बैशाख २७, सोमबार ०६:५८ गते

‘महामारीले देशभरि २२ वटा फिल्म हल बन्द भए’
काठमाडौँ — कोरोना महामारीबीच धेरै फिल्म उद्योगले डिजिटल प्लेटफर्मको बाटो रोज्यो । बलिउडका धेरै फिल्म डिजिटल प्लेटफर्मबाट दर्शकबीच पुगे । यसबीच नेपालले भने वैकल्पिक बाटो रोज्न सकेन । नेपालमा अझै भरपर्दा डिजिटल प्लेटफर्म नभएका कारण वैकल्पिक विकल्पतर्फ निर्माताहरुले कदम चाल्न नसकेको अर्जुन कुमार बताउँछन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) को चौथो दिन ‘कोभिडपछिको फिल्म बजार’ शीर्षकमा बोल्नेक्रममा निर्माता अर्जुनले भरपर्दो डिजिटल प्लेटफर्मकै अभावमा आफूले ‘चपली हाइट–३’ को प्रदर्शनका लागि सामान्य अवस्था पर्खेको बताए ।
‘अमेजन र नेटफ्लिक्समा नेपाली फिल्म जाने भनेको त दिवासपना हो । डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने दर्शक निकै कम छन् नेपालमा । जबसम्म नेपालमै डिजिटल प्लेटफर्मको सजिलै पहुँच पुग्दैन तबसम्म यहाँ डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्छु र करोडौं रुपैयाँ उठाउँछु भन्ने सम्भावना छैन’, उनले भने, ‘नेपालमा कम रकममा सबैको पहुँचमा पुग्ने प्लेटफर्म हुनु पर्‍यो । स्मार्ट फोन चलाउने मानिस कति छन् ? २/४ जनाले नेटफ्लिक्समा फिल्म हेर्छन् भन्दैमा नेपाली फिल्म ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्छु भन्ने कुरा आउँदैन ।’

‘चपली हाइट–३’ पोहोर चैत २८ मै प्रदर्शन गर्ने उनको तयारी थियो । तर त्यतिबेला फिल्म प्रदर्शनको एक हप्ताअघि सरकारले लकडाउन घोषणा गर्‍यो । उनले फिल्मको मिति अनिश्चितकालका लागि पछाडि सारे । बन्द भएको करिब १० महिनापछि फिल्मक्षेत्र बिस्तारै चलमलाउन थाल्यो । अर्जुनले यो वर्षको भदौ/असोजमा फिल्म हलमै प्रदर्शन गर्ने सोचेका थिए । तर कोरोनाको दोस्रो लहरले गर्दा फेरि यो क्षेत्र ठप्प भएका छन् । उनीसँग एउटै प्रश्न छ, ‘अब हलमा फिल्म लगाउन कतिञ्जेल कुर्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *