काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् ।प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।
‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?”विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने।