अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सन्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएकी राउत अहिले घरमै आइसोलेसनमा छिन् l गन्ध हराउनुका साथै र खोकी लागिरहेको उल्लेख गरेकी वर्षाले सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको जानकारी गराएकी छिन् l
केही समय अघि अभिनेत्री केकी अधिकारी,मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत,सरिता लामिछाने, दीपक आचार्य लगायतका कलाकारहरू पनि कोरोनाको छायामा परेका थिए l हाल केकी ठिक भइसकेकी छिन् भने अन्य कलाकारहरू होम आइसोलेसनमानै छन् l